काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत पाँचवटै दस्तावेज परिमार्जनसहित पारित हुने भएका छन्।
महासमिति बैठकको अन्त्य आज हुने भएको छ। शनिबार बैठकमा पेस भएको विधानमाथि जिल्ला सभापतिहरूले आफ्नो धारणा राखिरहेका छन्।
बैठक लम्बिएको कारण जिल्ला सभापतिहरू घटेर ४९ जना बैठकमा रहेका छन्। बैठकको समापन बढीमा एक घण्टामा सकिने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए।
समापन सत्रमा पार्टी सभापति शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, एक महिला वक्ता र युवाबाट एक वक्ता मात्रै बोल्ने शर्माले जानकारी दिए।
विधान पारितका लागि परिमार्जितसहितको विधान सभापतिले सभामा पेस गर्नेछन्। पेस गरिएको विधानलाई सभाले सर्वसम्मत पारित गर्ने शर्माले बताए। पारित विधान तत्काल लागू हुनेसमेत बताए।
उनले भने 'कार्यान्वयनमा विधान आउन केही समय लाग्नेछ।'
बैठकले समसामयिक अन्य निर्णय पनि पारित गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।