एजेन्सी– गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘जिरो’ले दर्शकको अपेक्षा अनुसारको सन्तुष्टि दिन नसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
फिल्मको पहिलो दिनको कमाइले दर्शक तथा फिल्म बजारमा निराशा छाएको उनीहरुको विश्लेषण छ।
फिल्म प्रदर्शनअघि सार्वजनिक गीत तथा ट्रेलरका कारण अपेक्षा उच्च रहेता पनि फिल्मले दर्शकको मन जित्न सकेन।
फिल्मले सार्वजनिक भएको पहिलो दिन २० दशमलव १४ करोडको व्यापार गर्यो। उक्त व्यापार शाहरुखको फ्यान फलोवर्स र उनको स्टार्डमभन्दा धेरै न्यून रहेको सञ्चार माध्यमहरुमा उल्लेख छ। यसैगरि फिल्मले दोस्रो दिन अर्थात शनिबार पनि २० करोड भन्दा बढीको व्यापार गर्न सकेन।
शाहरुख खानको होचो कदको अभिनयलाई दर्शक तथा समीक्षकहरुले उति राम्रो प्रतिक्रिया दिएनन्। फिल्मका सम्बन्धमा भारतीय फिल्म बजार विश्लेषक तरन आदर्शले आफ्नो ट्विटरमा लेखेका छन्,‘निर्देशक आनन्द एल र शाहरुखको सहकार्यबाट निकै ठूलो अपेक्षा थियो। तर त्रुटीपूर्ण लेखनका कारण दोस्रो हाफले फिल्मलाई ओरालोतर्फ धकेलिदिएको छ। जुन निराशाजनक परिणाम हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।