काठमाडौं– फिल्म ‘रणवीर’ को पहिलो गीत सार्वजनिक भएको छ। शनिबार राजधानीमा निर्माण टिमले एक कार्यक्रमकाे आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरेको हो।
राजनराज शिवाकोटीको शब्द तथा संगीतमा रहेको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीतमा संगीतकार सयंम शिवाकोटी र गायिका अन्जु पन्तको स्वर रहेको छ।
सार्वजनिक गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टको अभिनय देख्न सकिन्छ।
४ दिन लामो समय खर्चिएर तयार गीतको भिडियोलाई बाबु श्रेष्ठले खिचेको हुन्। अभिनेत्री द्वय शुभेच्छा र सुपुष्पाको डेब्यु अभिनय रहेको फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल, टिका पहारी लगायतको अभिनय रहेको छ।
गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्म आउँदो माघ १८ गतेबाट प्रदर्शनमा अउनेछ। यही मितिमा अन्य दुई फिल्म ‘गोपी’ र ‘सयकडा दश’ पनि एकसाथ प्रदर्शनमा आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।