काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको जारी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ।
गत मंसिर २९ गतेदेखि जारी बैठक एक हप्ताभन्दा बढी समय चलेको थियो।
आजको बैठकमा दुई जनाले बोलेका थिए। पूर्व प्रधानमन्त्री माधव नेपालले एसिया प्यासिफिक समिट बारे आफ्नो स्पष्टीकरण दिएका थिए। पूर्व प्रधानमन्त्रीहरुले पनि सम्मान लिएको बताउँदै उनले यसपटक भने आलोचना बढेको बताए।
आफूले जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने बारे सोच्न आग्रह गरे।
फिलिपिन्सबाट आइक्यापका प्रमुख समिटअघि आउँदा सबैले कार्यक्रमममा सहमति जनाएको माधव नेतालको तर्क थियो। उनले पार्टी र सरकारले दिएको पूर्व जिम्मेवारी मात्रै निर्वाह गरेको जनाउँदै आफ्नो बचाउ गरेका थिए।
नेता नेपालले समिट नेपालमै हुनुमा विगतदेखिको पृष्ठभूमि खुलाएका थिए।
आज बोलेका अर्का नेता तथा परराष्ट्र मन्त्रीले प्रदीप ज्ञवालीले सरकार र पार्टी आलोचना गरौं तर खुइल्याउने तरिकाले नगरौं भन्दै पार्टी र सरकारको बचाउ गरे।
स्थायी समिति बैठकमा बिहान जवाफ दिन समय अभाव भएका कारण अपराह्न ४ बजे बैठक पुन बस्ने भएको छ।
४ बजे बस्ने बैठकमा अध्यक्षद्वयले बैठकमा उठेका विषयबारे स्पष्टीकरण दिनेछन्।
यो पनि पढ्नुहोस्: एसिया प्यासिफिक समिटबारे तीव्र आलोचना भएपछि माधव नेपालले स्पष्टीकरण दिने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।