चितवन- साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ। भरतपुर महानगरपालिका–७, कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।
साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लागेका रेगमीका महाकाव्य, कथा, कविता, काव्य गरी ७ पुस्तक प्रकाशित छन्।
उनी पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित थिए। साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रेग्मी तत्कालीन नेकपा (माओवादी) निकट जनसांस्कृतिक महासङ्घ चितवनका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यसमेत रहेका थिए।
रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन्। उनको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।