काठमाडौं– सत्त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ केन्द्रीय सदस्यहरुद्वारा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ति खारेजीको माग गर्दै अध्यक्षद्वयलाई पत्र लेखेका छन्।
भ्रस्ट तथा विवादित छबी भएका व्यक्तिहरुले राजनीतिक नियुक्ति पाएको भन्दै त्यस्ता नियुक्ति पाएकाहरुको बर्खास्तगीको माग गर्दै शनिबार ज्ञापनपत्र बुझाइएकाे हाे।
रामकुमारी झाँक्री, ठाकुर गैरे, जगन्नाथ खतिवडा, डा विजय पौडेल लगायतका ४३ नेताहरुले संयुक्त रुपमा अध्यक्षद्वयलाई पत्र लेखेका हुन्।
पत्रमा भ्रष्ट तथा विवादित छबी भएका व्यक्तिहरुले नै राष्ट्रपतिबाट विभुषित हुने भएकोप्रति पनि असन्तुष्टि जनाइएको छ। यस्ता कार्यले सरकारको गरिमा र लोकप्रियतामाथि नै धक्का पुग्ने भन्दै यस विषयलाई स्थायी कमिटीको बैठकमा समेत उठाउन माग गरिएको छ।
‘दिगम्बर झा र उनीजस्ता भ्रस्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस्।’, पत्रमा भनिएको छ।
संस्थागत भ्रस्टाचारका घटनालाई अनुसन्धान गर्दै कारबाहीको दायरामा ल्याउन तत्कालै अभियानको थालनी गर्नसमेत माग गरिएको छ।
‘एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखि नै असहयोग गरिरहेका छन्। यस्ता संस्थागत भ्रस्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कारबाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ’, पत्रमा भनिएको छ, ‘यसको सुरुवात राजनीतिक नियुक्ति पाएका भ्रस्ट छबीका व्यक्तिहरुको नियुक्ति खारेजीबाट गरियोस्।’
यस्ताे छ पत्र:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।