काठमाडौं- मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने भएका छन्।
पहिलो चरणको निर्वाचनको लागि ४ हजार ४६५ मतदान स्थल र २ हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ।
नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २ वटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो।
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ।
आज बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।