काठमाडौ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगको मातहत सम्पूर्ण प्रशासन रहनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको देउसी टोलीसँग आफ्नै निवास लोकन्थलीमा कुरा गर्दै उनले यस्तो बताएका हुन्।
आफू अहिले बोल्ने मुडमा नभएको जनाउँदै उनले भने, 'म त नबोल्ने पक्षमा हुँ, तर निर्वाचन भएर मात्रै भएन, स्वतन्त्र पनि हुनुपर्यो। धाँधली हुनुभएन, अहिले हेर्नुहोस् त व्यवस्थापनप्रति कत्रो आलोचना छ।'
उनले निर्वाचन आयोगको मातहतमा मुलुकको गृह प्रशासन तथा सरकारी प्रशासन नरहेकाले विगतका निर्वाचन निष्पक्ष नभएको उनको तर्क थियो।
उनले निर्वाचन आयोगको कामकारबाहीप्रति पनि असन्तुष्टि पोखेका छन्। 'आयोगमा पनि दरिलो मान्छे हुनुपर्यो,' उनले भने, 'आज एउटा बोल्ने भोलि अर्को बोल्ने हुनुहुँदैन।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।