खोटाङ- खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार बन्ने नेताहरुको टुङ्गो लागेको छ।
प्रतिनिधिसभाका लागि नेकपा (एमाले) बाट वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य राजन राई र नेकपा (माओवादी केन्द्र) बाट पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ) ले टिकट पाएका छन्।
जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्येबाट तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ। समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गतेमात्रै टुङ्गो लाग्ने स्रोतको भनाइ छ।
वाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्तरुपमा एकैचोटि गर्ने गठबन्धनका नेता तथा एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।