काठमाडौं– सहकारीविद् शहदेव बस्नेद्वारा लिखित पुस्तक ‘सहकारी ज्ञानसागर’को काठमाडौंमा लोकार्पण गरिएको छ।
नेकपा नेता बामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोख्रेल, गरीबी निवारण कोषका पूर्व उपाध्यक्ष डा वाइ.बि. थापा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक के.बी.उप्रेती, सहकारी महासंघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईं, मेघा बैङ्का डिजिएम तुलसीराम पोखरेल, शिखा बुक्सका प्रकाशक पुष्पराज पाैडेल लगायतले पुस्तकको संयुक्त लोकार्पण गरेका थिए।
कार्यक्रमका प्रमुख अथिति गौतमले पुँजीलाई सहकारी मार्फत परिचालन गर्दा सामन्ती वर्गबाट पनि पुँजीको सुरक्षा गर्न सकिने बताए।
उक्त पुस्तकले सहकारी सञ्चालनको सही विधि र राष्ट्रिय आर्थिक विकासको क्षेत्रमा सहकारीको महत्वलाई दर्शाउने बताए।
शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य ३ सय २५ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।