काठमाडौं– वाणिज्य बैंकहरूले निक्षेपमा भद्र सहमति गरेसँगै विकास बैंकले पनि ब्याजदरमा भद्र सहमति गरेका छन्।
विकास बैंकहरूको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनको शुक्रबार बसेको बैठकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ९.७५ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेको हो।
यसअघि विकास बैंकहरूले साढे १२ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए। वाणिज्य बैंकहरूले ब्याजदर बढाएसँगै नघटाएसम्म आफूहरू पनि ब्याजदर बढाउने चेतवनी एसोसिएसनले दिँदै आएको थियो।
वाणिज्य बैंकहरूले १३ प्रतिशतसम्म ब्याजदर पुर्याए पनि विकास बैंकले भने ब्याजदर बढाएका थिइनन्।
विकास बैंकले संस्थागत मुद्दतीमा ९ प्रतिशत र बचतमा ७ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका छन्।
बिहीबार वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९ दशमलव २५,संस्थागतलाई साढे ८ प्रतिशत र बचतमा साढे ६ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।