काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सुनाउँदै पार्टीका प्रवक्ता जगदीश खरेलले असोज २० गतेदेखि ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरिने जानकारी दिएका छन्।
संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ। अभियानलाई सशक्त रूपमा सञ्चालन गर्न पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।