रक्सीको प्यालासँगै हिँडेको दौंतरी हजुर
त्यहाँ चिया त फिक्का हुने रैछ
बनावटी मुस्कानको तेब्बर हजुर
जबर्जस्ती तारिफ खोजिरहँदो रै'छ!
मन्दिरमा पनि सच्चा भक्ति छैन हजुर
सबै देखाउनलाई गरिँदो रै'छ
हल्लै हल्लामा हिँड्न थाल्यो दुनियाँ हजुर
अन्तरआत्मा, विवेक भाग्ने रै'छ!
सबैलाई विदितै छ कलियुगमा हजुर
बोल्नेकै पिठो बिक्ने हुँदो रै'छ
अन्तरआत्मा झाक्ने देउता नि हुन्नन् हजुर
सुटुक्क पुकार्दा नसुन्नि रैछ!
हेर्नुस्, राक्षस नेताको चुरिफुरी हजुर
मान्छे काटे नि सत्ता उसैको रै'छ
निर्मला जस्तो अबोध मारिँदा हजुर
प्रधानमन्त्रीले सम्मान पाउने रै'छ!
हाल : बेलायत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।