काठमाडौं– बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको छ। राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरुले सहमति गरेर ब्याज दर झार्न निर्देशन दिएसँगै संघले भद्र सहमति गरेको हो।
अब व्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९ दशमलव २५ प्रतिशतसम्म ब्याज र संस्थागत मुद्दति निक्षेपकताँलाई साढे ८ प्रतिशतसम्म ब्याज पाउने सहमति भएको एक बैंकर्सले बताएका छन्। जसमा मुद्दति खातामा आधा प्रतिशत बिन्दुसम्म र संस्थागत मुद्दति निक्षेप एक प्रतिशतसम्म बढाएर ब्याजदर लिन पाउने नियामकीय प्रावधान छ।
साथै बचतमा बढीमा साढे ६ प्रतिशत मात्र ब्याज दिन पाइने सहमति भएको उनले जानकारी दिए। भने, ‘बचतमा बढीमा साढे ६ प्रतिशत मात्र ब्याज र न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्नुपर्ने भएको छ।’ बैंकहरुले भोलिदेखि नै लागू हुने गरी ब्याज दर घटाउने सहमति भएको हो।
साथै राष्ट्र बैंकले कर्जा÷पूँजी÷निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाएका बैंकहरुलाई एक पटकलाई जरिवाना नतिराउने सहमति गरेको उनले बताए।
राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिवी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ र बैंकर्स संघसँग भएको लामो छलफलपछि व्याजदरमा सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।