काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरमा ‘सिलिङ’ तोक्ने तयारी गरेको छ। वाणिज्य बैंक नै निक्षेप तान्नको लागि ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि यसलाई नियन्त्रण गर्न लागिएको हो।
उक्त विषयमा छलफल गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई बोलाएको छ।
‘लन्च मिटिङ’ नाम दिइएको बैठकमा २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुने जनाइएको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको कार्यदलले बुधवार अर्थमन्त्री डा युवराज खतिवडालाई बुझाएको सुझावमा प्राथमिकता प्राप्त कर्जामा बैंकले आधार दरको २ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने सुझाव छ।
डेपुटी गभर्नर श्रेष्ठको कार्यदलले प्राथमिकता प्राप्त कर्जामा आधार दरमा २ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने व्यवस्था लागू गर्न सकिने सुझाएको छ।
कार्यदलले बचत खाताको ब्याजदर मुद्रास्फिती भन्दा बढी हुन नहुने सुझाव दिएको छ। हाल बैंकले बचत खातामा ७ प्रतिशत ब्याजदर दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।