काठमाडौं– एनआइसी एसिया बैंकले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार बोनस सेयर र नगद लाभांस पारित गरेको छ।
बैंकको २१औं वार्षिक साधारणसभाले १० प्रतिशतका दरले हुन आउने ८० करोड ३१ लाख रुपैयाँबराबरको बोनस सेयर र ४ करोड २२ लाख रुपैयाँ नगद लाभांस पारित गरेको हो।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकको देशभर २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटिएम, २० वटा शाखारहित बैंकिङ इकाई र ३७ वटा एक्सटेन्सन काउन्टर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।