काठमाडौं- साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ४६ अंकले घटेर ११ सय ६२ दशमलव ७० को बिन्दुमा आइपुगेको छ।
'क' वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १ दशमलप २६ अंकले घटेर २ सय ४७ दशमलव ३३ को बिन्दुमा आइपुगेको छ।
बुधबार १ सय ५८ कम्पनीका ३८ करोड ७२ लाख ९२ हजार ९ सय ८ रुपैयाँ बराबरका सेयर किनबेच भएको छ। यसदिन कारोबारमा आएको १० समूहमध्ये ४ समूहको सूचक बढेको छ भने ६ समूहमा गिरावट आएको छ।
सबैभन्दा बढी कमाउनेमा निर्जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता परेका छन्। निर्जीवन बिमा समूह १७ दशमलव ६९ अंकले बढेको छ। त्यस्तै विकास बैंक समूह १४ दशमलव ९७ अंकले बढेको छ।
यता सर्वाधिक गुमाउनेमा जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता परेका छन्। जीवन बिमा समूह ३६ दशमलव ५६ अंकले घटेको छ। त्यस्तै माइक्रोफाइनान्स समूह ५ दशमलव ९३ अंक, बैंकिङ समूह ८ दशमलव ६५ अंकले बैंकिङ समूह घटेको छ।
बुधबार नेपाल लाइफ इन्स्योरेन्सका सर्वाधिक सेयर किनबेच भएको छ। कम्पनीको ३ करोड ५२ लाख ७२ हजार ९ सय ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै एनएमबि बैंकको ३ करोड ५२ लाख ७० हजार ६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन्।
सर्वाधिक कमाउनेमा काबेली विकास बैंक अन्तर्गतका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेर २ सय ९९ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै विजय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४३ रुपैयाँले बढेको छ।
सर्वाधिक गुमाउनेमा ङादी ग्रुप पावर अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेर ११४ रुपैयाँमा कारोबार रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।