काठमाडाैं– अर्थमन्त्री डा युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराएका छन्।
राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरूले गरिरहेको अर्थमन्त्री खतिवडाको आरोप छ।
बुधबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनले 'उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ?' भन्दै चिनी उद्योगीहरूलाई प्रश्न पनि गरे।
चिनी उद्योगीहरूले उखु कृषकको वक्यौता रकम अझै नदिएको पनि पनि अर्थमन्त्री खतिवडाको आपत्ति छ।
अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको पनि स्मरण गरे।
उनले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।