काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा शनिबार शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बहिनी दुर्गादेवी चन्दबाट भाइटीका ग्रहण गरेका छन्।
यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दाजुभाइ र दिदीबहिनीले एक-आपसलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।