• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१७ वाणिज्य बैंकले दिए बोनस सेयरभन्दा नगदलाई प्राथमिकता

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  ०६:३०
1140x725

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत विभिन्न कम्पनीहरुले गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन्। १७ वाणिज्य बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेका हुन्।

केही बैंकले आफूले घोषणा गरेको लाभांश पारित गर्न साधारणसभाको मिति पनि तय गरेका छन्। तर, यसपटक अधिकांश बैंकहरुले नगद लाभांशलाई प्राथमिकतामा राखेर मात्रै लाभांश घोषणा गरेका छन्।

नेप्सेमा सूचीकृत ३ वाणिज्य बैंकबाहेक अन्य सबै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्‍याइसकेका छन्। चुक्ता पूँजी बढाउनु पर्दा यसअघि हकप्रद र अधिकतम बोनस सेयर जारी गरेका बैंकहरुले यो पटक नगदलाई प्राथमिकता दिएका हुन्।

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता नगद लाभांशभन्दा बोनस सेयरमा आकर्षित हुने गरेका छन्। वाणिज्य बैंकहरुले भने नगदलाई जोड दिएपछि केही हदसम्म सेयर बजार प्रभावित भएको लगानीकर्ताको टिप्पणी छ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अधिकांश बैंकले बोनस सेयर भन्दा नगद लाभांशलाई जोड दिएकाले यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको दाबी गरिन्। ‘अघिल्लो वर्षको नाफाबाट अधिकांश वाणिज्य बैंकले नगद लाभांश घोषणा गरेकाले पनि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो’, उनले भनिन्।

लाभांश घोषणा गर्ने १७ बैंकमध्ये १६ बैंकले नगद लाभांशलाई समेटेका छन्। ग्लोबल आइएमई बैंकले भने बोनस सेयर मात्रै दिने निर्णय गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले घोषणा गरेको लाभांशलाई राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन्।

सबैभन्दा बढी लाभांश एनआइबिएलको

Ncell 2
Ncell 2

हालसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल) ले बोनस र नगद दुवैतर्फ सबैभन्दा धेरै लाभांश दिने घोषणा गरेको छ। नबिलले गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाए पनि लाभांश भने एनआइबिएलले धेरै दिने घोषणा गरेको छ।

गत आर्थिक वर्षमा नबिल बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। त्यस्तै, एनआइबिएलको कमाइ ३ अर्ब १६ करोड रुपैयाँ थियो।

एनआइबिएलले बोनस सेयर र नगद लाभांश गरेर ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमा बोनस सेयर १८ र नगद लाभांश २२ प्रतिशत छ। एनआइबिएलले हाल कायम रहेको १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजीको ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो। बैंकले प्रस्ताव गरेको बोनस सेयर वित्तरणपछि चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैयाँ पुग्नेछ।

त्यस्तै, नबिल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिन लागेको हो। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ। १२ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख ७ हजार रुपैयाँ पुग्नेछ।

सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ८ दशमलब १६ प्रतिशत नगद लाभांश सहित १३ दशमलब १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७ दशमलब ५० प्रतिशत नगद लाभांश, एभरेस्ट बैंकले २० प्रतिशत नगद लाभांश, एनएमबी बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

यता सानिमा बैंकले १४ प्रतिशत, एनआइसी एसिया बैंकले १० दशमलब ५२ प्रतिशत, माछापुच्छ्रे बैंकले १० प्रतिशत, नेपाल बंगलादेश बैंकले १० दशमलब ५३ प्रतिशत नगद लाभांश तथा कुमारी बैंकले १२ दशमलब ७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेकाे छ।

गत आर्थिक वर्षको नाफाबाट जनता बैंक नेपालले ८ दशमलब ५० प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस सेयर, बैंक अफ काठमाण्डूले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत लाभांश, नेपाल एसबिआई बैंकले १० दशमलब ७९ प्रतिशत नगद लभांश र ५ प्रतिशत बोनस सेयरसहित १५ दशमलब ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

सनराइज बैंकले ११ दशमलब ५ प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ३ दशमलब ६३ प्रतिशत बोनस सेयर र १ दशमलब ६४ प्रतिशत नगद लाभांश गरी ५ दशमलब २७ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

५ आर्थिक वर्षमा १७ वाणिज्य बैंकको कति लाभांश?

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्