काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधनले आफूलाई मर्माहत तुल्याएकाे बताइका छन्। आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले गिरीकाे निधनबाट आफूले प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको उल्लेख गरेका छन्।
'उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ', विज्ञप्तिमा भनिएकाे छ।
नेता गिरीकाे ९३ वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा निधन भएकाे थियाे। उनी कलेजोको क्यान्सरबाट पीडित थिए।
विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।