मोगादिसु- मोगादिसुमा गत हप्ताभर भएका ६ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन्।
राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल सबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले सोमबार जनाएको छ।
अमेरिका-अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दाबी गरेको छ।
गान्डार्सेमा अल सबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको ४ ओटा हवाई आक्रमणमा ३४ जना मारिएका थिए।
त्यसैगरी आइतबार भएको आक्रमणमा अन्य २८ जना मारिएका थिए। आइतबार दुई ओटा हवाई आक्रमण भएको अधिकारीहरुले जनाएका छन्।
गान्डार्से सहर राजधानी मोगादिसु र मार्काको बीचमा पर्ने सानो तटीय सहर हो। त्यस सहरलाई आतङ्कवादी समूहले राजधानी आक्रमण गर्ने आश्रयस्थलको रुपमा प्रयोग गर्दै आएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।