साप्पोरो- जापानको साप्पोरो शहरमा एक मदिरा बिक्री केन्द्र नजिकै भएको विष्फोटमा परी आइतबार राति ४२ जनाको मृत्यु भएको छ। विस्फोटपछि नजिकैको घरमा आगलागी हुँदा उक्त भवन भत्किएको सञ्चारमाध्यमहरूले देखाएका छन्।
विस्फोटको कारण सोमबार खुल्न सकेको छैन। जापानी टेलिभिजन च्यानल एनएचकेले विस्फोटका समय घटनास्थल नजिकै रहेका स्थानीयलाई गरेको प्रश्नमा उनीहरूले विस्फोटपछि वरपरको क्षेत्रमा कडा गन्ध फैलिएको थियो।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको तर अन्य व्यक्तिले सामान्य अवस्थामा उपचार गराइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
विष्फोटपछि तत्कालै घटनास्थलमा २० वटा वारूण यन्त्र पुगेकाले आगो थप फैलिनबाट जोगाइएको साप्पोरो अग्नी नियन्त्रण विभागका अधिकारी सो साइकोकुले बताए।
घटनाबारे छानबिन सुरु भएको बताइएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।