काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे बस्नेगरी टुंगिएको छ। बैठकले कुनै निर्णय गर्न नसकेपछि बैठक भोलि बिहानलाई सारिएको हो।
सोमबार दिउँसाे बसेको महासमिति बैठकले विधानको विवाद टुंगाउन नसकेपछि केन्द्रीय समिति बैठक साँझ ७ बजेलाई डाकिएको थियो।
बैठकमा सभापति १, उपसभापति २, महामन्त्री ३, सह महामन्त्री ५, कोषाध्यक्ष १ हुनेगरी संख्यामा सहमति नजिक पुगे पनि मनोनित वा निर्वाचित गर्नेमा संस्थापन पक्ष र इतर पक्ष आआफ्नो अडानमा रहेकाले सहमति कायम हुन सकेन।
पदाधिकारी बढाउन संस्थापन पक्षले चाहिरहेको छैन भने इतर समूहले बढाउन दबाब दिइरहेको छ।
पदाधिकारी बढाउनका लागि सभापति शेरबहादुर देउवा पक्षले मनोनित गर्ने प्रावधान राख्न चाहेको छ। बढाउन दबाब दिएको इतर समूह सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।