काठमाडौं– नेपाली कांग्रेसको महासमिति सदस्यहरुले विधान माग गर्दै बैठकमा होहल्ला गरेका छन्।
पार्टीमा विवाद बढ्दै गएपछि जारी महासमिति बैठकको बन्द सत्रमा विधान पेस हुन सकेको छैन। सोमबारको बैठकमा सहभागीहरुले विधान पेस नगरिएको भन्दै होहल्ला गरेका हुन्।
विधानका विवाद टुंग्याउनको लागि दुई घन्टा बैठक रोकिएको थियो। रोकिएको समयमा केन्द्रीय समितिको बैठक बस्ने भनिए पनि शिर्ष नेताहरुको बीचमा मात्रै छलफल भएको थियो। दिउँसो भएको नेताहरुको बैठकले कुनै निचोड निकाल्न नसकेपछि फेरि केन्द्रीय समितिको बैठक डाकिएको छ।
बैठक साझ अबेर बस्न थालेको हो। पदाधिकारी बढाउन संस्थापन पक्षले चाहिरहेको छैन भने इतर समूहले बढाउन दबाब दिइरहेको छ। पदाधिकारी बढाउनका लागि सभापति शेरबहादुर देउवा पक्षले मनोनित गर्ने प्रावधान राख्न चाहेको छ। बढाउन दबाब दिएको इतर समूहले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।