काठमाडौं– सिन्धुपाल्चोक कारागार नै जुवा अखडा बनेकोबारे नेपाल लाइभले समाचार प्रकाशन गरेपछि कारागार व्यवस्थापन विभागले ५ जना कैदीको सरुवा गरेको छ।
कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा जेल परेका चौकीदार गणेश लामिछाने र जबरजस्ती करणी मुद्दामा जेल परेका भिम तिमल्सिनालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जेलर यादव आचार्यले बताए।
३ जना कैदीलाई भने जिल्ला कारागार काभ्रे पठाइएको छ। कर्तव्य ज्यान र नागरिकता किर्ते मुद्दाकाे सजाय काटिरहेका लाक्पा तामाङ, वाङ्दोर्जे लामा र विनोद कोइरालालाई भने धुलिखेल कारागार पठाइएको छ।
कारागारका चौकीदार गणेश लामिछानेले अन्य कैदीसँग मिलेर कारागारभित्रै जुवा खेलाउने, मादक पदार्थ बेच्ने, कैदीले मोबाइल बोक्ने, कैदीले पाउने सिदामा समेत शोषण गर्ने लगायतका कामहरु गर्ने गरेका थिए।
समाचार प्रकाशन भएपछि कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेकाे थियाे। समितिकै प्रतिवेदनअनुसार उनीहरुलाई सरुवा गरिएको हो।
यस घटनालाई लिएर नेपाल लाइभले प्रकाशन गरेका समाचारहरु:
EXCLUSIVE : जेलभित्रै जुवाखाल, नाइकेले उठाउँछन् लाखौं (भिडियोसहित)
जेलभित्रै जुवातास अखडा : चौकीदारको आम्दानी मासिक ४ लाख
जेलभित्रै जुवा अखडा काण्ड : चौकीदारलाई सरुवा, नासुलाई निलम्बनको तयारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।