• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कतार जाने कामदारमाथि पनि सिन्डिकेट लगाउन बिचौलिया सक्रिय

प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेतासँग लबिङ
64x64
नेपाल लाइभ आइतबार, पुस १, २०७५  ०७:००
1140x725

काठमाडौं– सरकारले श्रम सम्झौता नवीकारण गर्ने लागेको देश कतार जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाउन बिचौलिया सक्रिय भएको खुलासा भएको छ। 

बिचौलियाले कतार जाने कामदारका हकमा पनि स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गर्नकै लागि ठुला राजनीतिक शक्तिकेन्द्र धाइरहेको पाइएको छ।

तर सरकार भिसा सेन्टरका विपक्षमा रहेको बताइएको छ। भिसा सेन्टरले विगतमा मलेसियाको रोजगारीमा खडा भएको सिन्डिकेटकै समान संरचना खडा हुने भन्दै सरकार भिसा सेन्टरका विपक्षमा गएको हो।

श्रम सम्झौता पुनरवलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने विषयमा कतारसँग सरकारी स्तरमा छलफल चलिरहेका बेला भिसा सेन्टरका नाममा कुनै पनि संरचना मान्य नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

महाराजगञ्जमा भिसा सेन्टरको कार्यालय खडा गरी कतारले पनि मलेसिया जाने कामदारमाथि लगाइएको जस्तै सिन्डिकेट लगाउन चाहेको मन्त्रालयको बुझाइ छ। कतार जाने कामदारको सबै प्रक्रिया उक्त कार्यालयबाटै गर्ने भनेर कतारले भनिरहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले आपत्ति जनाएपछि भिसा सेन्टरको प्रक्रिया श्रम नवीकरणपछि मात्र हुने गरी धकेलिएको छ।

श्रम नवीकरण नगरी कार्यालय खोल्न अमान्य हुने श्रम मन्त्रालयले धारणा राखेपछि यो प्रक्रिया रोकिएको छ। नेपालमा खोल्ने भनिएको उक्त भिसा सेन्टरमार्फत स्वास्थ्य परीक्षण्का नाममा सिन्डिकेट लगाउन व्यवसायी हेमजंग गुरुङ, भुषण राणालगायतका केही व्यक्ति सक्रिय रहेको बताइएको छ।

उनीहरुले सिंगापुरको एक आइटी कम्पनीसँग मिलेर स्वास्थ्य परीक्षणका लागि सिन्डिकेट खडा गर्ने दाउमा लागेका छन्। यसका लागि उनीहरु राजनीतिक शक्तिकेन्द्र धाउने र चलखेल गरी उक्त प्रक्रिया पार लगाएरै छाड्ने गरि लागि परेको स्रोतको भनाइ छ। 

Ncell 2
Ncell 2

वैदेशिक रोजगारीमा जाने कामदार निःशुल्क हुनुपर्ने अडानमा सरकार छ। सरकार यो नीतिभन्दा बाहिरका कुनै पनि शर्तमा कामदार विदेश पठाउने पक्षमा नरहेको मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए। मन्त्रालयलाई रोजगारीका नाममा सिन्डिकेट मान्य नहुने उनको तर्क छ।
   
मन्त्री विष्टले कतारसँग श्रम सम्झौता पुनरवलोकनपछि मात्र भिसा लगायतका प्रक्रिया सहज बनाउने र नेपाली कामदार शून्य लागतमा जाने ग्यारेन्टी भएपछि मात्र भिसा सेन्टर खोल्ने अडान लिएका छन्। त्यसपछि कतारको भिसा सेन्टर खोल्न काम केही समयका लागि रोकिएको पाइएको स्रोतको भनाइ छ। 

मलेसियाका छुट्टै बिचौलिया
मलेसिया जाने नेपाली कामदारबाट अवैध असुली गरेको आरोपमा सरकारले कारबाही गरेका संस्थाका सञ्चालकले राजनीतिक लबिङ तीव्र बनाएका छन्। आफूहरुले नै मलेसिया जाने कामदारका प्रक्रिया पूरा गर्न पाउनुपर्ने भन्दै नेकपा र कांग्रेसका केही वरिष्ठ नेता भेटी लबिङमा जोडतोडका साथ लागेका छन्।

यतिसम्म कि, बिचौलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रभावमा पार्ने गरी लबिङमा लागेका छन्। 

गोविन्द थपलियालगायतको एक टोली मलेसियासँग कुटनीटिक समस्या उत्पन्न हुनु फाइदाजनक नभएको भन्दै प्रधानमन्त्रीसँग लबिङ गरिरहेको बताइएको छ। 

मलेसियाको सिन्डिकेटका विषयमा श्रममन्त्री विष्ट पछि नहट्ने भएपछि यो विषयमा प्रधानमन्त्री ओली मौन रहेको स्रोतको भनाइ छ।  

केही समयअघि बंगाली मूलका मलेसियाली नागरिक मोहम्मद अबु हनिफ बिन मोहम्मद अबुल कासिमले नेपालका केही व्यवसायीसँग मिलेर्र फोर्म’ नामक संस्था खडा गरी मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणमा पुनः सिन्डिकेट लगाउन चलखेल थालेको समाचार आएका थिए। 

मलेसियाका विभिन्न स्थानमा ठगीमा परेर विवादित बनेका हनिफले नेपालमा श्रममन्त्री गोकर्ण विष्टका निकट मानिने व्यवसायी पूजा चन्द ठकुरीसँग मिलेर मलेसिया जाने कामदारमाथि सिन्डिकेट लगाउन योजना बनाएका थिए।

हनिफका विषयमा श्रम मन्त्रालयले सूचना पाएपछि पक्राउ गर्ने तयारी गरेको थियो। तर सरकारको तयारीका विषयमा सूचना चुहिएपछि सो भन्दा अघि नै उनले नेपाल छोडेका थिए।     

गम्का नेपाल र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण, फिगर प्रिन्ट र अन्य प्रक्रियाका लागि स्थापना गरिएका संस्था पनि राजनीतिक आडमै खोलिएका थिए। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा एकद्वार नीति र ऐन बनाउन नसक्दा यो क्षेत्र सिन्डिकेटधारीको मनोमानी हुने गरेको छ। 

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्दै आएका ५ वटा संस्था गत जेठ २ गते मन्त्रालयले खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि त्यहाँको रोजगारी नेपालीका लागि बन्द छ। 

मलेसियासँग सरकारीस्तरमा गत कात्तिक १२ गते श्रम समझदारी भएको छ। 

प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध बिहीबार, असोज ३०, २०८२
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्