काठमाडौं– एयर एसियाको नेपाल प्रतिनिधि इन्सेन्टिभ्स टुर्स प्रालिका मालिक हरिमान लामाको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १० वटा चेक गायब गरेको तथ्य खुलेको छ।
साढे एक वर्ष अगाडि विमानस्थल कार्यालयका प्रमुख देवान्दन उपाध्याय र त्यहाँ कार्यरत कर्मचारीको मिलेमतोमा झन्डै ७ करोड २४ लाख रुपैयाँ बराबरको चेक गायब भएको खुल्न आएको छ।
एयर एसियाले सेवाशुल्क बापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकमकाे नाममा उपलब्ध गराइएका चेकहरू विमानस्थल कार्यालयबाट गायब पारिएका हुन्।
लामाको कम्पनीबाट चेक लिइएको तर चेकहरू बैंकमा सटहीका लागि नपुगेको अवस्थामा फेला परेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमले बताए।
‘पैसाको हिसाबकिताब रेकर्डमा छ, तर खातामा छैन’ उनले भने, ‘चेक नै गायब पारिएको रहेछ।’
बाँकी विवरण अर्को समाचारमा..
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।