काठमाडौं– साताको अन्तिम दिन नेप्से परिसूचक ७ दशमलव ६० अंकले बढेको छ। बिहीबार परिसूचक ११ सय ४८ दशमलव ७८ अंकमा आएर कारोबार रोकिएको छ।
बिहीबार १ सय ५४ कम्पनीको ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
इन्स्योरेन्सको ५ करोड २५ लाख ३४ हजार ३ सय ४५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड २६ लाख ९४ हजार ८० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बिहीबार कारोबारमा आएको तीन समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै अन्य समूहका लगानीकर्ताले गुमाएका छन्। त्यस्तै होटल समूह १ दशमलव ८५ अंकले घटेको छ।
फाइनान्स समूह ०.४४ अंकले घटेको छ। निर्जीवन बिमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। समूहको सेयर मूल्य ६५ दशमलव ७८ अंकले बढेको छ। त्यस्तै जीवन बिमा समूह ३० दशमलव २७ अंकले बढेको छ।
बिहीबारको कारोबारमा सर्वाधिक कमाउनेमा नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन्। संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँले बढेर ७ सय २२ रुपैयाँमा कारोबार रोकिएको छ।
त्यस्तै लक्ष्मी लघुवित्त वितीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। संस्थाको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले घटेर ९ सय ४५ रुपैयाँमा कारोबार रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।