काठमाडौं- राजस्व अनुसन्धान विभागले ठूलो रकममा आयकर छली गरेको भन्दै पाँच वटा म्यानपावरविरुद्ध मुद्दा दायरको तयारी गरेको छ।
‘एकसाथ पाँच वटा म्यानपावरले गरेको आयकर छलीको विषयमा अनुसन्धान भइरहेको छ’, विभागको उच्च स्रोतले भन्यो, ‘कर छलीको अनसुन्धान अन्तिम चरणमा पुगेको छ। सबै प्रमाण जुटाएर एकै साथ मुद्दा दायर हुन्छ।’
विभागले अहिले बढी कारोबार गर्ने म्यानपावर व्यवसायीको प्रमाण जुटाउँदैछ। 'एउटा म्यानपावर सञ्चालक त १९ करोड ४८ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनीमाथि पनि अनुसन्धान भइरहेको छ,' स्रोत बताउँछ।
स्रोतका अनुसार एक साताभित्रै पाँच वटा म्यानपावरविरुद्ध आयकर छलीको अभियोगमा मुद्दा दायर हुँदैछ।
आयकर छलीमा अर्का एक म्यानपावर कम्पनी र त्यसका सञ्चालकमाथि अनुसन्धान भइरहेको स्रोतको भनाइ छ। अनुसन्धानका क्रममा म्यानपावर कम्पनीको नाम उल्लेख गर्न नमिल्ने स्रोतले बतायो।
म्यानपावरका व्यवसायीले पनि सरकारी नियम अनुसार १० हजार रुपैयाँको रसिदकै आधारमा कर तिर्ने गरे पनि कामदारसँग लाखौं रुपैयाँ लिइरहेका छन्। तर, उनीहरुले यसरी लिइको रकमबाट तिर्नुपर्ने आयकर समेत अति न्यून तिरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।