• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जाहेरीवालाको बकपत्र नै नलिई भिएलएन र ओएससी सञ्चालकलाई सफाइ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २७, २०७५  ०८:२४
1140x725

काठमाडौं- सिन्डिकेट खडा गरी मलेसिया जाने कामदारसँग ठगी गर्दै आएका दुई संस्थाका सञ्चालकलाई सफाइ दिन जाहेरीवालाको बकपत्र नगराई ललितपुर जिल्ला अदालतले फैसला गरेको खुलासा भएको छ। भिएलएन र ओएसरीका सञ्चालक राम श्रेष्ठलाई सफाइ दिन जाहेरीवालाको बकपत्र नलिई अदालतले फैसला गरेको हो। 

रोजगारीका लागि मलेसिया जाने कामदारमाथि दुई वटा संस्था खडा गरी सिन्डिकेट लगाएको आरोपमा मुद्दा खेपिरहेका श्रेष्ठलाई जिल्ला अदालतले मंगलबार सफाइ दिएको छ। 

श्रेष्ठलाई दोषी ठहर गर्न नसकिने दाबी गर्दै जिल्ला अदालतले सफाइ दिएको हो। जाहेरीकर्ताहरू माधव गौतम र सीताराम रेग्मीको बयान समेत नगराई एकपक्षीय रूपमा अदालतले फैसला सुनाएको उनीहरूले बताएका छन्। 

जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंगलबार श्रेष्ठलाई सफाइ दिने फैसला सुनाएको थियो। अदालतको यो फैसलापछि करिब २ करोड ७५ लाख ठगी गरेका श्रेष्ठले उन्मुक्ति पाएका छन्।

श्रेष्ठले मलेसिया जाने कामदारबाट करिब ५ अर्ब रुपैयाँ ठगी गरेको भन्दै गौतम र रेग्मीले प्रहरीमा जाहेर दिएका थिए। तर, जिल्ला अदालतले फैसला सुनाउनुअघि उनीहरूको बयान समेत नलिई सफाइ दिएको छ।  

श्रेष्ठका जाहेरीमा बयानका लागि माधव गौतमसँगै आफू पनि बसेको नेपाल स्वास्थ्य मेडिकल व्यवसायी संघका अक्ष्यक्ष सीताराम रेग्मीले बताएका छन्। 

'मंगलबार अदालतले श्रेष्ठलाई सफाइ दिएपछि मात्र हामीलाई थाहा भयो। मुद्दाको फैसला गर्नुअघि हामी दुवै जनालाई बयानका लागि अदालतले बोलाएन,' उनले भने, 'जाहेरीवालाको बयान नै नलिई अदालतले एकपक्षीय फैसला गर्दै श्रेष्ठलाई सफाइ दिन मिल्दैन।’ अदालतले कामदारको हितविपरीत श्रेष्ठलाई सफाइ दिएको उनको आरोप छ।    

ललितपुर जिल्ला अदालतमा श्रेष्ठले भिएलएन र ओएससीमार्फत २ करोड ७५ लाख ठगी गरेको भन्दै बिगोदाबी सहित मुद्दा परेको थियो। जिल्ला अदालतले श्रेष्ठलाई १२ लाख धरौटीमा गत असारमा रिहा गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

दुई वटा संस्था खडा गरी गएका ५ वर्षमा करिब ४ अर्ब बिगो दाबीसहित श्रेष्ठको काठमाडौं र ललितपुरमा मुद्दा दर्ता भएको थियो। २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ ठगीको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमर बस्नेतको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। 

काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै प्रहरीले श्रेष्ठलाई पुनः पक्राउ गरी ललितपुर जिल्ला अदालतमा बुझाएको थियो। काठमाडौं जिल्ला अदालतमा परेको श्रेष्ठको मुद्दा अझै पनि विचारधीन छ।

श्रेष्ठको मुद्दा कसरी सुरु भयो?
गत जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले  मलेसिया जाने कामदारमाथि सिन्डिकेट लगाउँदै रकम अशुली गर्ने संस्थाहरु खारेज गर्ने निर्णय गरे। त्यसलगत्तै प्रहरीले जेठ ७  गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, बोयोमेट्रिक, वान स्टप सेन्टर (ओएससी) भिएलएन र जिएसजी कम्पनीमा छापा मार्यो। 

त्योसँगै मलेसिया जाने युवाहरूसँग सरकारले तोकेभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा ५ वटा संस्था खारेज भए। यिनै संस्थाका नाममा अवैध रूपमा रकम अशुली गरिरहेका श्रेष्ठ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगे। तर सर्वोच्चले उनीहरूको पक्षमा आदेश जारी गरेन। उनीहरु केही समय मौन बसे। 

ठगीकै विषयलाई लिएर उपत्यकाका तीनै जिल्ला अदालतमा श्रेष्ठसहित कैलाश खड्का, गोविन्द थपलियालगायत ३९ वटा मेडिकल संस्था विरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दामा ललितपुर जिल्ला अदालतले भने जाहेरीवालाको बयान बिना नै सफाइ दिएको छ। खड्का र थपलिया प्रहरीका फरार सूचीमा छन्।  

भिएलएनले कति ठगी गर्यो?
२०७० चैतदेखि मलेसिया जाने कामदारमाथि आर्थक भार थपिने गरी भिएलएनले रकम अशुल गर्न थालेको थियो। भिएलएन नहुँदासम्म मलेसियाको रोजगारीमा जाने कामदारले भिसा स्टाम्पिङका लागि ७ सय रुपैयाँ मात्र तिर्दै आएका थिए। तर, यो संस्था जन्मेसँगै सो शुल्क बढेर मूल्य अभिवृद्धि करबाहेक ३ हजार २ सय रुपैयाँ पुर्याइएको थियो। 

सो संस्थामार्फत ६ लाख दुई हजार आठ सय ३३ जना कामदार मलेसिया पुगिसकेको सरकारी तथ्यांक छ। भीएलएन नामको संस्था खडा भएपछि रोजगारीका लागि गएका कामदारले थप तिरेको करबाहेक ३२ सय रुपैयाँका दरले मात्रै करिब दुई अर्ब रुपैयाँ असुली भएको देखिन्छ। 

ओएससीले गरेको ठगी
२०७३ असोजबाट ओएससी (वन स्टेप सेन्टर) संस्था खडा गरी कामदारमाथि थप २८ सय रुपैयाँ आर्थिक भार थपिएको थियो। महाराजगन्जमा पासपोर्ट संकलन गरी यसले सानेपाको मलेसियन दूतावाससम्म लैजाने थियो। यो संस्था खडा भएपछि मात्रै नेपालबाट रोजगारीका लागि एक लाख ६१ हजार एक सय तीन जना कामदार मलेसिया पुगिसकेका छन्। यसरी जाने कामदारबाट करबाहेक मात्रै ४५ करोड १० लाख ८८ हजार चार सय रुपैयाँ अवैधानिक रूपमा संकलन गरेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सभामुख पदमा उम्मेदवारी दिने
डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
सुनको मूल्य स्थिर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार शुक्रबार, चैत २०, २०८२
कम्बोडियामा बिनाभिसा बसेका तीन नेपालीलाई उद्धार गरी फर्काइयो शुक्रबार, चैत २०, २०८२
एमालेले सभामुख पदमा उम्मेदवारी दिने शुक्रबार, चैत २०, २०८२
डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता शुक्रबार, चैत २०, २०८२
सुनको मूल्य स्थिर शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्