काठमाडाैं- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दाबी गरेका छन्।
मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापनसहित पूर्वाधार विकासको काम भइसकेकाले हेटौंडाबाट अन्यत्र राजधानी सार्न नमिल्ने तर्क समेत गरे।
उनले पुस महिना भित्र प्रदेशको नामाकरण गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कानुन र कर्मचारी अभावका कारण जनताले अपेक्षा गरे अनुसारको काम प्रदेश सरकारले गर्न नसकेको स्वीकारे।
मुख्यमन्त्री पौडेलले साझा सूचीका कानुन छिटो निर्माण गरिदिन संघीय सरकारसँग माग पनि गरे।
उनले अन्तर प्रदेश परिषद्काे बैठकले प्रदेश र केन्द्र सरकारबीचमा देखिएको समस्या समाधान गरेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।