काठमाडौं- नेपाली कांग्रेस सांसद् डा मीनेन्द्र रिजालले नारायणहिटीलाई संग्रहालय बनाउनुभन्दा राष्ट्रपति निवास बनादिँदा हुने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको छलफलमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। राष्ट्रपतिका लागि खरिद गर्न लागिएको भनिएको १८ करोडको गाडीका विषयमा व्यंग्य गर्दै रिजालले प्रश्न गरे, 'पूर्वराजा/रानी चढ्ने दुई वटा पाँच सिट र सात सिटको गाडी राष्ट्रपतिका लागि प्रयोग भइरहेको छ के यो ज्याकवार्ड कम्पनीका गाडीले पुरानो भएर नयाँ खरिद गर्न लागिएको हो?’
समितिको छलफलमा नेता रिजालले राष्ट्रपतिका लागि किन गाडी खरिद गर्न लागिएको हो त्यसको जवाफ सरकारसँग माग्नुपर्ने बताए।
‘राष्ट्रपतिका लागि हेलिप्याड निर्माण गर्न पुलिस एकेडेमी नै चाहिने हो भने त्यसको अलावा राजारानीको आभास हुने गरी राष्ट्रपतिलाई नै नारायणहिटी दरबारमा सारिदिए हुन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।