काठमाडौं- नेपाली कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गर्ने महामन्त्रीको प्रतिवेदन कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पेस भएको छ। महामन्त्री डा. शशांक कोइरालाले मंगलबार सो प्रतवेदन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका छन्।
राजनीतिक प्रस्तावको छलफल सकिएपछि उक्त प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ। केन्द्रीय समितिबाट पारित प्रतिवेदन महासमिति बैठकमा पेस हुनेछ।
राजनीतिक प्रस्ताव मस्यौदा समितिले आज पेस गरेको प्रतिवेदन माथि चित्रलेखा यादव, डा. नारायण खड्का, फरमूल्लाह मन्सुर, नविन्द्रराज जोशी, कमला पन्त, शंकर भण्डारी, केशवकुमार बुढोथोकी, आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द (गोरख) विष्ट र रमा कोइराला पौडेलले आफ्नो धारणा राखेका छन्।
कांग्रेस महासमितिको बैठक मंसिर २८ गतेदेखि सुरु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।