काठमाडौं- दण्डहीनताको अन्त्य र मानवअधिकार संरक्षणको माग गर्दै बालुवाटार पुगेका १५ जनाभन्दा बढी मानवअधिकारकर्मी पक्राउ परेका छन्।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाही लगायतका माग गर्दै ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उनीहरु बालुवाटार पुगेका थिए।
निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।