• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

देउवाको चेतावनी : सहमति नजुटे महासमितिमा पुरानै विधान पेस हुन्छ

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १६:००
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधनका विषयमा केन्द्रीय समितिमा सहमति नजुटे विद्यमान विधान नै महासमिति बैठकमा पेस गर्ने चेतावनी दिएका छन्।

‘सहमति हुन नसके विद्यमान विधान नै महासमिति बैठकमा पेस गर्ने कुरा सभापतिले गर्नु भएको छ,’ एक केन्द्रीय सदस्यले भने।

आसन्न महासमितिको बैठकमा पेस गरिने विधानमा कुन-कुन विषय समावेश गर्ने भनेर संस्थापन र इतर समूहबीच मतैक्यता हुन सकेको छैन। 

संस्थापन इतर समूहले पदाधिकारी बढाउनैपर्ने अडान लिएको छ। सो समूहले सबै पदाधिकारी निर्वाचित हुनपर्नेमा जोड दिएको छ। 

समावेशिताका आधारमा केही संख्या बढाउन संस्थापन पक्ष पनि सहमत छ। पदाधिकारी बढाउनैपर्ने अवस्थामा मनोनित गर्ने अधिकार सभापतिलाई नै दिनुपर्ने अडानमा संस्थापन पक्ष छ। 

केन्द्रीय समितिमा १० देखि १५ प्रतिशतसम्म केन्द्रीय सदस्य मात्र मनोनित गर्ने अधिकार सभापतिलाई दिनुपर्ने संस्थापन इतर समूहको धारणा छ। 

प्रस्तावित विधानमा सभापतिले २५ प्रतिशत सदस्य सभापतिले मनोनित गर्न पाउने प्रावधान राखिएको छ। 

अनुशासन, कार्य सम्पादन, संसदीय बोर्डलगायतका विभाग र समितिमा सभापतिको अधिकारक्षेत्रका विषयमा विवाद छ। इतर समूहले विभाग र समितिहरू पनि निर्वाचित हुनुपर्ने प्रस्ताव गरेको छ। सदस्यताको प्रकृतिमा भने दुबै पक्ष एकमत देखिन्छन्। 

Ncell 2
Ncell 2

पदाधिकारीको संख्या बढाउनुपर्नेमा दुबै समूह एकमत भएको केन्द्रीय सदस्य दीलेन्द्र बडुले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूको बैठकपछि उनले भने, ‘पदाधिकारी बढाउने विषयमा नीतिगत सहमति जुटेको छ।’ केन्द्रीय समितिमा सदस्य बढाउँदा समावेशी सिद्धान्त अवलम्बन गरिने उनको भनाइ थियो। सभापतिलाई मनोनित गर्ने अधिकार घट्ने संकेत गर्दै उनले भने, ‘कति थपघट गर्ने भन्ने कुरा सहमतिमा भर पर्छ।’ 

संस्थापन पक्षसँगै पौडेल समूहको बैठक पनि आइतबार नै डाकिएको छ। इतर समूहबाट संस्थापन पक्षसँग सहमति गर्ने जिम्मेवारी नेता अर्जुननरसिंह केसीले पाएका छन्।

विधानमाथि छलफल गर्दा नेताहरू मुख्यतः सभापतिको अधिकार, पदाधिकारी र केन्द्रीय कार्य समितिको संख्यामा केन्द्रित हुने गरेका छन्। जिल्ला र प्रदेश समितिलाई कति अधिकार प्रत्यायोजन गर्ने भन्ने विषयमा नेताहरुबीच मत विभाजित छ। यस विषयमा कुनै पनि समूहले प्रष्ट धारणा बनाइसकेका छैनन्। 

‘पदाधिकारी बढाउने र सबै पदाधिकारी निर्वाचित हुने एक पक्षको बलियो अडान छ। अर्को पक्ष त्यस्तो हुनुहुँदैन भन्नेमा छ,’ केन्द्रीय सदस्य गगन थापाले भने। 

पदाधिकारीको संख्या र चयन प्रक्रियामा सहमति भए अन्य विषय सहजै टुंगिने नेताहरुको धारणा छ।

केन्द्रीय समितिका ८५ प्रतिशत सदस्य निर्वाचित हुनुपर्ने र १५ प्रतिशत मात्र सभापतिले मनोनित गर्न पाउने गरी सहमति हुने बताइएको छ। यसैगरी, सबैलाई सदस्यता खुला गर्ने, क्रियाशील सदस्यताका लागि गाँउ र नगर समितिले टुंगाउने गरी सहमति बन्ने नेताहरुको भनाइ छ। 

प्रस्ताविध विधानको मस्यौदामा भएको प्रस्तावनालाई छोटो बनाउनेमा नेताहरु सहमत छन्।

पदाधिकारी बढाउनै पर्ने अवस्था आएमा मनोनित गर्ने अधिकार सभापतिलाई दिने अडानमा संस्थापन पक्ष छ। तर सो समूह इतर समूहले भनकै जति संख्या बढाउने पक्षमा भने छैन। 

‘उपसभापति, महामन्त्री, सह-महामन्त्री दुई/दुई बनाउने तर उनीहरू मनोनित हुनुपर्छ,’ सभापतिको बटमलाइन बताउँदै एक नेताले भने, 'दुबैपक्ष एक अर्कालाई गलाउने प्रयासमा होलान् तर मिलनबिन्दु खोजिने छ।' 

महासमिति बैठक सर्ने संकेत
आगामी शुक्रबारबाट बस्ने गरी तय भएको महासमितिको बैठक अन्योलमा परेको छ। तोकिएको समयमा महासमिति बैठक नहुने गरी कुनै सूचना सार्वजनिक भएको छैन तर तयारी पनि खासै देखिएको छैन। विधानको प्रस्तावित मस्यौदाका विषयमा केन्द्रीय समिति समहति नजुटे महासमितिको बैठक सर्न सक्ने संभावना छ। 

विधानमा सहमति जुटाउन आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो। राजनीतिक प्रतिवेदन मस्यौदा समितिले पनि आफ्नो प्रतिवेदन पेस गर्न बाँकी नै छ। राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय छुट्याइएको अवस्थामा महासमितिको बैठक स्वतः पर धकेलिनेछ। 

प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको मितिमा महासमिति बैठक हुन सक्नेमा आंशका व्यक्त गरे। निर्धारित समयमा सुरु हुन नसके मंसिर २८ गते महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिहरूको नाम दाखिला हुने उनले बताए।

उपत्यकका तीन जिल्ला कार्य समितिलाई महासमिति व्यवस्थापनको जिम्मेवारी दिइएपनि तयारी भने गर्न सकेका छैनन्। केन्द्रीय समितिले विधान पारित गरेसँगै व्यवस्थापनको काम सुरु हुने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी गराए। ‘तयारीका लागि कम्तिमा दस दिन आवश्यक हुन्छ,’ उनले भने।

देशभरबाट महासमितिका लागि १३ सयभन्दा बढी प्रतिनिधि महासमिति बैठकमा भाग लिनेछन्। यस पटकको महासमिति बैठकमा उपस्थित हुने प्रतिनिधिले बासको व्यवस्था आफैं गर्नुपर्नेछ। भृकुटीमण्डपमा हुने भनिएको महासमिति बैठक स्थानान्तरण गरी पार्टी प्यालेसमा गर्ने तय भएको छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्