काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंसिर २९ गते बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेलाई बोलाइएको छ।
शनिबार बसेको सचिवालयको बैठकले स्थायी समितिको बैठकबारे निर्णय गरेको हो।
४५ सदस्यीय यो समितिको बैठक यसअघि भदौ ८ र ९, भदौ १९ र २०, भदौ २६ र २७, कात्तिक ४ र ५ तथा कात्तिक १२ र १३ का लागि बोलाइए पनि स्थगित हुँदै आएको थियो।
पार्टीभित्र बैठक बोलाउनुपर्ने माग हुँदै आएको थियो।
आजको सचिवालय बैठक मुख्य चार नेताले भने बहिस्कार गरेका थिए। निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री नआएपछि नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका थिए।
प्रधानमन्त्रीबाट अपमानित भएको भन्दै नेकपाका शीर्ष नेताहरुद्वारा सचिवालय बैठक बहिस्कार
चार नेताले बहिस्कार गरे पनि बाँकी पाँच नेताको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।