काठमाडौं - अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन् ।
१८३ देशका सभामुख उपस्थिति रहने आईपीयू सम्मेलन तान्जानियाको अरुशामा असोज १९ गतेदेखि २३ सम्म सञ्चालन हुँदैछ ।
उक्त आईपीयू सम्मेलनमा सभामुख अर्यालले सम्बोधन गर्नेछन्। सभामुख अर्यालले जलवायु परिवर्तनको कारणले हालै नेपालले भोग्नु परेको अकल्पनीय क्षतिबारे सम्बोधन गर्ने बताएका छन्।
आज मात्रै सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर यस विषयमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।