• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सामाजिक मनोदशाका सशक्त कथा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २२, २०७५  १२:१२
1140x725

नेपाली साहित्यमा कथाको चर्चा-परिचर्चा उति हुँदैन, जति कविता र उपन्यासको हुन्छ। यही बेला केही समयअघि विजय सापकोटाले ‘अनावरण’ कथासंग्रह लिएर आए। नेपाली साहित्यमा संख्यात्मक हिसाबमा कथा कमै लेखिएका बेला उनले सशक्त उपस्थिति जनाए।

लेखक लण्डनमा रहे पनि संग्रहमा रहेका सम्पूर्ण कथाको परिवेश नेपाली समाज नै हो। उनका कथा पढ्दा कथाकार स्वयंले पात्रको परिवेशसँग साक्षात्कार गरेको छनक पाउन सकिन्छ। ग्रामीण जनजीवनलाई यथार्थ चित्रण गर्न कथाकार सफल छन्। मलाई लाग्छ, उनी यस समयका सफल कथाकार हुन्। 

जीवनमा आइपर्ने सुख–दुःख तथा समाजमा व्याप्त विकृति, विसंगति लगायत विविध पक्षमा उनका कथाका विषय हुन्।

संगृहीत कथामा गरिबीको रेखामुनि रहेर जीवन जिएका आम मान्छेका अनुभूति गाँसिएका छन्। संक्रमणकालमा जनताले भोगेका पीडा समेटिएका छन् उनका कथामा। 

सरल र यथार्थवादी धरातलमा अडिएर लेख्छन् उनी। कथा पढ्दा प्रगतिशील धार देखिन्छ, तथापि कोरा नारा भने कतै भेटिन्नन्।

संग्रहको सबैभन्दा मन परेको कथा हो ‘आरेमको ट्यांन्का’। 

कम्युनिस्ट कार्यकर्ताहरूको प्रतिनिधि पात्र हो आरेम। नेपाली समाजको समृद्धिको सपना देखेर इमानदार र निष्ठापूर्ण ढंगले कम्युनिस्ट पार्टीमा आबद्ध एक सिपाही, जसले जीवनको अन्तिम क्षणसम्म पार्टीलाई काँध थाप्यो। 

पार्टी कार्यकर्ताको सिङ्गो जीवनलाई यथार्थ ढंगले कथामा बुनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पढ्दै जाँदा कथाले तानिरहन्छ। आफ्नै जीवनको भोगाइ र अनुभूतिजस्ता परिवेश कथामा पाउन सकिन्छ।

‘सत्ताको दुरुपयोग गरिरहेका नेताहरूले आरेमका सपनामाथि टेकेर तिनका सपनाको हत्या त गरिरहेका छैनन्?’ पढ्दै जाँदा पाठकको मनमा गम्भीर सवाल उठ्न सक्छ।

कथाको मुख्य पात्र आरेम उपचार खर्चसमेत नपाएर मृत्युवरण गर्न बाध्य हुनुले पाठकको मन झस्किन सक्छ।

'अन्तकरण’ कथामा ग्रामीण जीवन बाँचिरहेका श्रीमान्-श्रीमतीबीचको सम्बन्धको चित्रण गरिएको छ। पात्र डेन्जा र उनको पेसा खसी व्यापारको अन्योन्याश्रित सम्बन्धको मनोविज्ञानलाई पनि रोचक ढंगले प्रस्तुत गरिएको छ। 

Xtrem

Xtrem

समाजमा कसैले नकेलाएका घटनाहरूमाथि लेखिएका बेजोड कथाको शैलीले पाठकलाई प्रभावित बनाउँछ।

'अन्तिम वाक्य' समाजमा हुने यौन हिंसाको प्रतिनिधि कथा हो। हाम्रो समाजमा भइरहेका घरेलु यौन हिंसाका बढोत्तरीमाथि कथा बगेको छ।

अनावरणको अर्को सशक्त कथा ‘बाहिर अन्धकार थियो’ हो। कथा तत्कालीन माओवादी र राज्यबीचको सशस्त्र द्वन्द्वको परिवेशमा घुमेको छ। द्वन्द्वअघिको सम्भ्रान्त परिवार र कथित दलित परिवारका बालबालिकाको मित्रताको कडीलाई तोड्न सम्भ्रान्त परिवारले देखाएको निर्दयीपन समाजमै भएको घटना हो।

तिनै उपल्ला वर्गका परिवारले तल्लो वर्गका परिवारलाई गरेका दुर्व्यवहारलाई  कथाले उत्खनन गरेको छ। माओवादी भूमिगत भएपश्चात् यसले सामाजिक सम्बन्धलाई पारेको असर र तत्कालीन अवस्थालाई अलग ढंगले विश्लेषण गरिनु कथाको वैशिष्ट्य हो। 

‘गिर्खो’ मध्यम वर्गीय परिवारमा हुर्केको युवाको बारेमा छ। ऊ पढेलेखेको हुन्छ। जब उसले सहर पसेर पत्रकारिता गर्ने प्रयास गर्छ, त्यतिबेला भोगेका दुःख कथामा जोडिएका छन्। जागिरको लागि ऊ एउटा अन्तर्वार्ता दिन जाँदा जुत्ताभित्र गिर्खो पस्छ। कथा यसकारण रोचक लाग्छ कि सानो गिर्खोकै कारण ऊ अन्तर्वार्तामा असफल हुन्छ। पात्रको मनोविज्ञानलाई सुन्दर र मिहिन ढंगले पाठकसामु पस्किएका छन् कथाकारले।

'जंगली फूल'की पात्र रेनु आम महिलाको प्रतिनिधि पात्र हो। जो चलचित्रको पर्दामा देखिने महत्वकांक्षामा शरीर अरुलाई सुम्पन बाध्य भएकी छन्। 

'निमित्त'ले वर्तमान समाजलाई इंगित गरेको छ। देशका विभिन्न राजनीतिक दलहरूमा देखिएका विकृति र विसंगतिको यसले चिरफार गर्छ। नेताहरूको राजनीतिक इमानदारी संकटमा पर्दै गएको संकेत गर्छ। लामो समयदेखि राजनीतिमा योगदान र त्याग गर्नेहरू पराजित हुँदै गएको अवस्था देखा परेको हुन्छ। अवसरवादीहरूकै पार्टीमा हाबी हुँदै गएको प्रति कथा लक्षित छ। 

यो वर्तमान राजनीतिको एक राम्रो कथा हो। त्याग, समर्पण र निरन्तर लगाव भएर पनि राजनीतिमा पछि पारिएको पात्रको कथाले पाठकलाई झकझक्याउन बाध्य पार्छ। 

‘पटाक्षेप’ सबैको भलो गर्नेको जिन्दगीमा आएको अनौठो घटनाको रोचक प्रस्तुति हो। मानिसको जिन्दगीमा अनेक र अनौठा मोड आउन सक्छन्। नचाहेको र नसोचेको परिस्थितिको सामना पनि गर्नुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ।

'सन्तान' कथाले समसामयिक युगको विसंगतिलाई मिहिन ढंगले उजागर गरेको छ। आमाबाबुहरूले सन्तानको अभावमा भागेको अनुभूति यस कथामा छ। छोराछोरीहरु घर छोडेर सहर पसेपछि बाबुआमाप्रतिको कर्तव्यबाट विमुख हुँदै गएको र त्यसपछि उत्पन्न हुने वृद्ध बाबुआमाको मनोदशालाई बढो मार्मिक ढंगले बुनिएको छ। 

‘विजेता’ सहरमा बस्ने श्रीमान्-श्रीमतीबीचको सम्बन्धबारे बुनिएको कथा हो। यसमा आफ्नी श्रीमतीद्धारा पीडित श्रीमानको मनोदशा कस्तो हुन्छ भन्ने कुरालाई विषयवस्तु बनाइएको छ। 

राजनीतिक अभियानमा इमानदार भएर लाग्ने पात्रहरुको दुरवस्थासमेत कथामा चित्रण गरिएको छ। समाजमा कसैले नकेलाएका घटनाहरूमाथि लेखिएका बेजोड कथाको शैलीले पाठकलाई प्रभावित बनाउँछ।

विधा : कथा
लेखक : विजय सापकोटा
प्रकाशक : शाब्दिक बुक्स
मूल्य : रु ३००

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्