• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सामाजिक मनोदशाका सशक्त कथा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २२, २०७५  १२:१२
1140x725

नेपाली साहित्यमा कथाको चर्चा-परिचर्चा उति हुँदैन, जति कविता र उपन्यासको हुन्छ। यही बेला केही समयअघि विजय सापकोटाले ‘अनावरण’ कथासंग्रह लिएर आए। नेपाली साहित्यमा संख्यात्मक हिसाबमा कथा कमै लेखिएका बेला उनले सशक्त उपस्थिति जनाए।

लेखक लण्डनमा रहे पनि संग्रहमा रहेका सम्पूर्ण कथाको परिवेश नेपाली समाज नै हो। उनका कथा पढ्दा कथाकार स्वयंले पात्रको परिवेशसँग साक्षात्कार गरेको छनक पाउन सकिन्छ। ग्रामीण जनजीवनलाई यथार्थ चित्रण गर्न कथाकार सफल छन्। मलाई लाग्छ, उनी यस समयका सफल कथाकार हुन्। 

जीवनमा आइपर्ने सुख–दुःख तथा समाजमा व्याप्त विकृति, विसंगति लगायत विविध पक्षमा उनका कथाका विषय हुन्।

संगृहीत कथामा गरिबीको रेखामुनि रहेर जीवन जिएका आम मान्छेका अनुभूति गाँसिएका छन्। संक्रमणकालमा जनताले भोगेका पीडा समेटिएका छन् उनका कथामा। 

सरल र यथार्थवादी धरातलमा अडिएर लेख्छन् उनी। कथा पढ्दा प्रगतिशील धार देखिन्छ, तथापि कोरा नारा भने कतै भेटिन्नन्।

संग्रहको सबैभन्दा मन परेको कथा हो ‘आरेमको ट्यांन्का’। 

कम्युनिस्ट कार्यकर्ताहरूको प्रतिनिधि पात्र हो आरेम। नेपाली समाजको समृद्धिको सपना देखेर इमानदार र निष्ठापूर्ण ढंगले कम्युनिस्ट पार्टीमा आबद्ध एक सिपाही, जसले जीवनको अन्तिम क्षणसम्म पार्टीलाई काँध थाप्यो। 

पार्टी कार्यकर्ताको सिङ्गो जीवनलाई यथार्थ ढंगले कथामा बुनिएको छ।

Ncell 2
Ncell 2

पढ्दै जाँदा कथाले तानिरहन्छ। आफ्नै जीवनको भोगाइ र अनुभूतिजस्ता परिवेश कथामा पाउन सकिन्छ।

‘सत्ताको दुरुपयोग गरिरहेका नेताहरूले आरेमका सपनामाथि टेकेर तिनका सपनाको हत्या त गरिरहेका छैनन्?’ पढ्दै जाँदा पाठकको मनमा गम्भीर सवाल उठ्न सक्छ।

कथाको मुख्य पात्र आरेम उपचार खर्चसमेत नपाएर मृत्युवरण गर्न बाध्य हुनुले पाठकको मन झस्किन सक्छ।

'अन्तकरण’ कथामा ग्रामीण जीवन बाँचिरहेका श्रीमान्-श्रीमतीबीचको सम्बन्धको चित्रण गरिएको छ। पात्र डेन्जा र उनको पेसा खसी व्यापारको अन्योन्याश्रित सम्बन्धको मनोविज्ञानलाई पनि रोचक ढंगले प्रस्तुत गरिएको छ। 

समाजमा कसैले नकेलाएका घटनाहरूमाथि लेखिएका बेजोड कथाको शैलीले पाठकलाई प्रभावित बनाउँछ।

'अन्तिम वाक्य' समाजमा हुने यौन हिंसाको प्रतिनिधि कथा हो। हाम्रो समाजमा भइरहेका घरेलु यौन हिंसाका बढोत्तरीमाथि कथा बगेको छ।

अनावरणको अर्को सशक्त कथा ‘बाहिर अन्धकार थियो’ हो। कथा तत्कालीन माओवादी र राज्यबीचको सशस्त्र द्वन्द्वको परिवेशमा घुमेको छ। द्वन्द्वअघिको सम्भ्रान्त परिवार र कथित दलित परिवारका बालबालिकाको मित्रताको कडीलाई तोड्न सम्भ्रान्त परिवारले देखाएको निर्दयीपन समाजमै भएको घटना हो।

तिनै उपल्ला वर्गका परिवारले तल्लो वर्गका परिवारलाई गरेका दुर्व्यवहारलाई  कथाले उत्खनन गरेको छ। माओवादी भूमिगत भएपश्चात् यसले सामाजिक सम्बन्धलाई पारेको असर र तत्कालीन अवस्थालाई अलग ढंगले विश्लेषण गरिनु कथाको वैशिष्ट्य हो। 

‘गिर्खो’ मध्यम वर्गीय परिवारमा हुर्केको युवाको बारेमा छ। ऊ पढेलेखेको हुन्छ। जब उसले सहर पसेर पत्रकारिता गर्ने प्रयास गर्छ, त्यतिबेला भोगेका दुःख कथामा जोडिएका छन्। जागिरको लागि ऊ एउटा अन्तर्वार्ता दिन जाँदा जुत्ताभित्र गिर्खो पस्छ। कथा यसकारण रोचक लाग्छ कि सानो गिर्खोकै कारण ऊ अन्तर्वार्तामा असफल हुन्छ। पात्रको मनोविज्ञानलाई सुन्दर र मिहिन ढंगले पाठकसामु पस्किएका छन् कथाकारले।

'जंगली फूल'की पात्र रेनु आम महिलाको प्रतिनिधि पात्र हो। जो चलचित्रको पर्दामा देखिने महत्वकांक्षामा शरीर अरुलाई सुम्पन बाध्य भएकी छन्। 

'निमित्त'ले वर्तमान समाजलाई इंगित गरेको छ। देशका विभिन्न राजनीतिक दलहरूमा देखिएका विकृति र विसंगतिको यसले चिरफार गर्छ। नेताहरूको राजनीतिक इमानदारी संकटमा पर्दै गएको संकेत गर्छ। लामो समयदेखि राजनीतिमा योगदान र त्याग गर्नेहरू पराजित हुँदै गएको अवस्था देखा परेको हुन्छ। अवसरवादीहरूकै पार्टीमा हाबी हुँदै गएको प्रति कथा लक्षित छ। 

यो वर्तमान राजनीतिको एक राम्रो कथा हो। त्याग, समर्पण र निरन्तर लगाव भएर पनि राजनीतिमा पछि पारिएको पात्रको कथाले पाठकलाई झकझक्याउन बाध्य पार्छ। 

‘पटाक्षेप’ सबैको भलो गर्नेको जिन्दगीमा आएको अनौठो घटनाको रोचक प्रस्तुति हो। मानिसको जिन्दगीमा अनेक र अनौठा मोड आउन सक्छन्। नचाहेको र नसोचेको परिस्थितिको सामना पनि गर्नुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ।

'सन्तान' कथाले समसामयिक युगको विसंगतिलाई मिहिन ढंगले उजागर गरेको छ। आमाबाबुहरूले सन्तानको अभावमा भागेको अनुभूति यस कथामा छ। छोराछोरीहरु घर छोडेर सहर पसेपछि बाबुआमाप्रतिको कर्तव्यबाट विमुख हुँदै गएको र त्यसपछि उत्पन्न हुने वृद्ध बाबुआमाको मनोदशालाई बढो मार्मिक ढंगले बुनिएको छ। 

‘विजेता’ सहरमा बस्ने श्रीमान्-श्रीमतीबीचको सम्बन्धबारे बुनिएको कथा हो। यसमा आफ्नी श्रीमतीद्धारा पीडित श्रीमानको मनोदशा कस्तो हुन्छ भन्ने कुरालाई विषयवस्तु बनाइएको छ। 

राजनीतिक अभियानमा इमानदार भएर लाग्ने पात्रहरुको दुरवस्थासमेत कथामा चित्रण गरिएको छ। समाजमा कसैले नकेलाएका घटनाहरूमाथि लेखिएका बेजोड कथाको शैलीले पाठकलाई प्रभावित बनाउँछ।

विधा : कथा
लेखक : विजय सापकोटा
प्रकाशक : शाब्दिक बुक्स
मूल्य : रु ३००

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्