काठमाडौं- बत्ती र फूलहरुको उज्यालो चाड तिहारमा घर, पसल र चोक सिंगार्न सयपत्री र मखमली फूलको खपत अत्यधिक हुन्छ।
तिहारको तेस्रो दिन लक्ष्मीपूजामा साँझ धनधान्यकी देवीको पूजा गरिँदै छ । लक्ष्मीपूजामा घर परिसर, आँगन र कोठाको सरसफाइ गरी फूल र बत्तीले सजाएर लक्ष्मीको स्वागत गरिन्छ । पूजामा सयपत्री फूल अनिवार्य मानिन्छ।
सयपत्री र मखमली फूलको बिक्री अन्य ठाउँ जस्तै राजधानीमा पनि यतिबेला धमाधम भइरहेको छ । सयपत्री मालाको मूल्य ठाउँ अनुसार एक सयदेखि १५ सय रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन्।
राजधानीमा फूलको बजार यस्तो देखियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।