• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एकैपटक समायोजनमा होमिँदै ८३ हजार निजामति कर्मचारी

64x64
नेपाल लाइभ बुधबार, मंसिर १९, २०७५  १८:५५
1140x725

काठमाडौं- गत सोमबार मन्त्रिपरिषदबाट कर्मचारी समायोजन अध्यादेश स्वीकृत भएसँगै संघीयता कार्यान्वयनको पेचिलो मानिएकोमध्ये कर्मचारी समायोजनको पाटो कार्यान्वयनमा आउने प्रारम्भिक बाटो खुलेको छ। राष्ट्रपति देशबाहिर रहेकाले केही दिन ढिला भएपनि अध्यादेश आउने बाटो खुलेको छ। 

मन्त्रिपरिषदबाट स्वीकृत भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संघीय संरचनाअनुसार अब करिब ८३ हजार निजामति कर्मचारीलाई समायोजन गर्ने बाटो खुल्नेछ। उक्त संख्याका कर्मचारी अब एकैपटक समायोजन प्रक्रियामा होमिने छन्। 

३ महिनाभित्र समायोजन सक्ने लक्ष्य, यस्तो छ प्रक्रिया  
एक वर्षअघि नै सरकारले कर्मचारी समायोजन ऐन, २०७४ ल्याएको थियो, तर व्यापक विरोध भएकाले उक्त ऐन कार्यान्वयन हुन नसकेपछि सरकारले अध्यादेशमार्फत् समायोजनको बाटो खुला गरेको हो। 

अध्यादेशमा तीनै तहका कर्मचारी एकपटक समायोजन प्रक्रियामा सामेल हुने उल्लेख गरिएको छ। 

राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि करिब ३ महिनाभित्र समायोजन सक्ने लक्ष्य उच्च सरकारी अधिकारीहरूले लिएका छन्। 

समायोजन प्रक्रियामा जान सर्वप्रथम सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) लाई अन्तिम रुप दिनुपर्नेछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो काम करिब टुंग्याइसकेको बताएको छ। जसले तीनै तहमा गरेर १ लाख ५ हजार २ सय ९६ कर्मचारीको दरबन्दी कायम गरेको छ। 

त्यसपछि संघीय मामिला मन्त्रालयले निश्चित ढाँचा तयार गरेर संघ, संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय तहका कर्मचारीसँग निवेदन माग गर्नेछ। माग अनुसार अध्यादेशले तय गरेको आधारअनुरुप समायोजन प्रक्रिया अघि बढ्नेछ।

अध्यादेशमा कार्यरत पदको जेष्ठता, त्योभन्दा अघिल्लो पदको जेष्ठता र उमेरको जेष्ठता, काम गरिरहेको स्थानलगायतका आधार उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यादेशले तोकेका आधारमा कर्मचारीले रोजेको स्थानमा समायोजन हुनेछ। समायोजन प्रक्रिया सबै कर्मचारीका लागि अनिवार्य हुनेछ। 

केन्द्र आउने बाटो कठिन 
यसअघि ‘सोर्सफोर्स’ लगाएर जसरी पनि केन्द्र आउने र आफू अनुकल निकायमा जाने बाटोलाई अध्यादेशले रोकेको छ। संघमा आउने बाटोलाई अध्यादेशले कडाइ गरेकाले अब ती कर्मचारी तत्तत् तहभित्र रहनेछन्। 

खुला प्रतिस्पर्धा बाहेकको बाटोबाट अब प्रदेश वा स्थानीय तहका कर्मचारी केन्द्र आउन सक्ने छैनन्। हाल कुनै सुगम क्षेत्रबाट दुर्गम क्षेत्र जाने वा कुनै दुर्गम क्षेत्रबाट एकैपटक सुगममा आउने विकृत बाटोलाई अध्यादेशले रोकेको छ। 

अन्तरप्रदेश प्रतिस्पर्धामा जोड, विभेद हट्ने
अब अन्तरप्रदेश प्रतिस्पर्धाबाहेक अन्य तरिकाले गाउँपालिकाको कर्मचारीले केन्द्र आउन पाउनेछैन। बढुवा तथा वृत्ति विकास पनि आफ्नै प्रदेश वा स्थानीय तहमा हुनेछ। यसको अर्थ कुनै पनि तहमा कार्यरत कर्मचारीको वृत्ति विकास सोही तहको निजामति सेवाभित्रै हुनेछ। उदाहरणका लागि गण्डकी प्रदेशको कुनै एक गाउँपालिकामा कार्यरत कर्मचारीको वृत्ति विकास सोही प्रदेशभित्रै हुनेछ। 

Xtrem

Xtrem

त्यस्तै, यसअघि निजामति सेवा र अन्य सेवामा रहेको विभेद पनि अध्यादेशले अन्त्य गरिदिनेछ। किनकी अध्यादेशले एकीकृत सेवालाई प्रोत्साहन गरेको छ। 

हट्यो स्वेच्छिक अवकास, सबै कर्मचारीको अनिवार्य समायोजन 
यसअघि कर्मचारी समायोजन ऐनले व्यवस्था गरेको समायोजनमा जान नचाहने कर्मचारीका लागि अध्यादेशले स्वेच्छिक अवकासको विकल्पलाई अन्त्य गरिदिएको छ। अब सबै कर्मचारी समायोजन प्रक्रियामा अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ। 

संविधानमा नै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई तीनै तहमा समायोजन गर्ने उल्लेख छ। 

प्रदेश वा स्थानीय तहमा दरबन्दी नरहेका तथा गम्भीर रोग लागेका लगायतका विशेष अवस्थाका कर्मचारी भने समायोजनमा छुट पाउनेछन्। 

यसरी पूर्ति हुनेछन् कर्मचारी 
समायोजन पश्चात् हाल जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारी गाउँपालिका र नगरपालिकामा मात्रै रहनेछन्। त्यस्तै, प्रतिष्ठान, समिति, खारेज भएका आयोगलगायतका अन्य सेवाका कर्मचारी स्थानीय तहमा जानेछन्। 

कुनै पनि निकायमा कर्मचारी अभाव भए अन्य सेवा र निजामति सेवाबाट पूर्ति हुनेछन्। उदाहरणका लागि अहिले काठमाडौं महानगरपालिकामा कर्मचारी अभाव छ भने हाल त्यहाँ कार्यरत् कर्मचारी, विभिन्न समिति, आयोग तथा प्रतिष्ठान लगायतका कर्मचारी र बाँकी रहेका पदमा निजामति सेवासमेतका कर्मचारीमार्फत् कर्मचारी पूर्ति हुनेछ। 

कर्मचारी अभाव भएका खण्डमा प्रदेश लोकसेवाबाट पूर्ति गर्न सकिने कानूनी व्यवस्था पनि छ। 

निजामतिलाई बढुवादेखि, पति-पत्नीलाई एउटै जिल्लासम्म 
समायोजन भएर जाने निजामति कर्मचारीलाई बढुवासम्मको व्यवस्था पनि गरिएको छ। जसअन्तर्गत निजामति सेवाको कुनै श्रेणीमा ५ वर्ष र निश्चित शैक्षिक योग्यता पूरा गरेको कर्मचारीले एक तह बढुवा पाउनेगरी मिलान हुने व्यवस्था गरिएको छ। 

त्यस्तै, हाल प्रदेश मन्त्रालयको सचिवमा कनिष्ठ सहसचिव पठाइने गरेकामा अध्यादेशले ती मन्त्रालयमा वरिष्ठ सहसचिव पठाउनुपर्ने व्यवस्था गरेको छ। 

पति-पत्नीलाई पनि सकेसम्म एउटै प्रदेश वा जिल्लासम्म रहनेगरी समायोजन गर्ने व्यवस्था अध्यादेशले गरेको छ।       

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्