• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मध्य भोटेकोसीको ७० प्रतिशत काम बाँकी, समयमै निर्माण सकिनेमा आशंका

स्थानीय भन्छन्- आयोजनाले ढाँट्यो
64x64
नेपाल लाइभ बुधबार, मंसिर १९, २०७५  १७:२५
1140x725

सिन्धुपाल्चोक- सरकारको समेत लगानी रहेको सिन्धुपाल्चोकको मध्य भोटेकोशी १ सय २ मेगावाट आयोजना समयमै निर्माणकार्य सम्पन्न हुनेमा आशंका देखिएको छ।

आयोजना सम्पन्न हुनुपर्ने समय सकिन ७ महिना मात्र बाँकी रहँदा करिब ३० प्रतिशत मात्र काम भएको छ। २०७४ मंसिरमा निर्माण सम्पन्न हुने भनिएको थियो। पहिरो, भूकम्प र भारतीय नाकाबन्दीका कारण काम सुचारु गर्न नपाएको भन्दै निर्माण कम्पनीले दुई वर्ष थप म्याद पाएको थियो। तर थपिएको अवधिमा पनि यो आयोजना सम्पन्न नहुने देखिएको हो। आगामी वर्ष असारसम्ममा सम्पन्न गर्नुपर्ने यो आयोजनाको ड्यामसाइट निर्माण र टनेल खन्ने काम चलिरहेको छ। 

वि स २०७१ सालमा आयोजनास्थल नजिक सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, २०७२ साल बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीले आयोजना निर्माणको काम प्रभावित भएको आयोजना कार्यालयको भनाइ छ। 

मुख्य संरचना निर्माणका लागि सिभिलतर्फको ठेकेदार कम्पनी क्वाङ्सी हाइड्रो-इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गत फागुनदेखि काम सुचारु गरेको छ। उसले २०७६ असार १५ गते पूरा हुने नयाँ तालिका तय गरेको थियो। २०६८ सालमा जग्गा अधिग्रहण गरेको आयोजनाले २०७० मा मुआब्जा वितरण गरी निर्माणको काम थालेको थियो। तर यसबीचमा विभिन्न अवरोध भएको भन्दै आयोजनाको काममा ढिलाइ भएको उसको दाबी छ। 

ठेकेदार कम्पनी ब्युरो प्रबन्धक ह्वाङ सीका अनुसार २०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पका कारण आयोजना निर्माणकार्य पाँच महिना ठप्प भएको थियो। भूकम्पपछि आयोजनाका कर्मचारी तथा चिनियाँ मजदुर घर फर्किए। त्यस्तै २०७१ सालमा गएको जुरेको पहिरो र गत सालको बाढीका कारण आयोजना निर्माण कार्य पूर्णरूपमा प्रभावित भएको उनको दाबी छ।

आयोजनाको सबैभन्दा जटिल संरचना सुरुङ निर्माणको हो। सात किलोमिटर मुख्य सुरुङमध्ये हालसम्म सात सय मिटर मात्र खनिएको छ। सुरुङ खन्न जाने तीनवटा बाटोको निर्माणकार्य पूरा भइसकेकाले बिहान, दिउँसो र राति गरी तीन चरणमा सुरुङ खन्ने काम भइरहेको निर्माण कम्पनीले बताएको छ। सन् २०१९ को जुन ३० भित्र आयोजना पूरा गर्नुपर्ने संशोधित सम्झौता छ।

निराश स्थानीय
चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणा साकार पार्न चिनियाँ कम्पनी यो आयोजनामा घाटा खाएर पनि पूरा गर्न लागि परेको बताइए पनि सोचे अनुरुप काम हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

आयोजना प्रभावित क्षेत्रका बासिन्दा आयोजनाको कामप्रति निराश छन्। सिभिल ठेकेदार क्वाङ सीले २०७० साल पुस १७ गते गरेको ठेक्का सम्झौताअनुसार २०७४ जेठ २६ गते सिभिलतर्फको निर्माणकार्य पूरा गर्नुपर्ने थियो। 

निर्माण कम्पनी भन्छ- जग्गा खाली नै भएन
निर्माण कम्पनीले ६ करोड २० लाख अमेरिकी डलरमा निर्माणकार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो। केही स्थानीय बासिन्दाले आयोजनाको बाँधक्षेत्रमा पर्ने जग्गाको मुआब्जा लिएर पनि सो जग्गा खाली नगरिदिएकाले समस्या परेको भन्दै निर्माण कम्पनी पन्छँदै आएको छ।

मध्य भोटेकोसीको निर्माणमा भएको ढिलाइका कारण र लागत वृद्धिबारे छलफल भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्ले बताउँछन्। अहिलेसम्म आयोजनाको लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेको छ’, उनले भने ‘लागत वृद्धिबारे औपचारिक निर्णय भइसकेको छैन, हामी छलफल गरिरहेका छौं।’

Xtrem

Xtrem

बाँध निर्माणस्थलमा एक परिवारको अंशसम्बन्धी किचलो परेका कारण बस्ती हटाउन समस्या परेको काफ्लेले बताए। 

स्थानीय बासिन्दा र राजनीतिक संयन्त्रले जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी मुद्दा टुंगो लगाइसकेको छ।

आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। सुक्खायाममा ८ करोड ३७ लाख युनिट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने गरी डिजाइन गरिएको छ। चिलिमेसहित नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, स्थानीय बासिन्दा र सर्वसाधारणको लगानीमा आयोजनाको निर्माणकार्य भइरहेको छ। 

आयोजनाले सहमति पालना गरेन : स्थानीय
०७४ बैशाख १९ मा नै बनिसक्नुपर्ने चाकु स्वास्थ्य चौकी र धनेश्वरी माध्यमिक विद्यालयको भवन अहिलेसम्म बन्न सकेको छैन। यी दुवै संस्थाले टहराबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएका छन्। 

भूकम्प, बाढी र दैनिक सुक्खा पहिरोको जोखिम भोगिरहेका स्थानीय स्वास्थ्य चौकी र विद्यालय नबन्दा आयोजनासँग स्थानीयवासी आक्रोशित बनेका छन्। ‘भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत स्वास्थ्य चौकी र विद्यालयको भवन आयोजनाले बनाएन,’ चाकु बजारका स्थानीय एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर श्रेष्ठले भने। 

विभिन्न संघसस्था र सरकारी निकाय पटक-पटक निरीक्षणमा आएपनि आयोजनाले निर्माणकार्य चाँडै सक्ने भन्दै फर्काउने गरेको छ। विद्यालय र स्वास्थ्य चौकीको भवन तत्काल गर्नुपर्ने भन्दै गत आइतबार विद्यार्थी र स्थानीय अभिभावकले आयोजनको काम रोक्का गरेका थिए।

आयोजनाले स्वास्थ्य चौकी र विद्यालय अगाडिको पहरामा ‘ब्लास्टिङ’ गर्दा बालबालिका त्रसित हुने गरेका छन्।  ‘अनुरोध गर्दागर्दै थाकिसक्यौं। स्वास्थ्य चौकी, विद्यालयको क्षेत्रमा यस्तो नगरिदिनुस् भनेर धेरै पटक गुनासो राख्यौं,’ धनेश्वरी माध्यमिक विद्यालयका शिक्षक सञ्जीव श्रेष्ठले भने, ‘कुरा राखेको केही दिनमा शान्त हुन्छ। फेरी सुरु भइहाल्छ।’ 

विद्यालयका प्रध्यानाध्यापक शेखर खरेलले आयोजनाको हल्लाका कारण विद्यार्थी संख्या समेत प्रभावित भएको बताए। दैनिक चार सय विद्यार्थी रहेको यस विद्यालयमा ब्लास्टिङको असरपछि दुई सयमा झरेका प्रअ खरेलले बताए।

भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले विद्यालय र स्वास्थ्य चौकीबारे पटक-पटक दबाव दिँदै आएको बताए। यही मुद्दाको विषयमा प्रमुख जिल्ला अधिकारी र आयोजनासँग मंगलबार छलफल भएको र १५ दिनभित्र यसको सुरुवात हुने प्रतिबद्धता आएको उनले बताए। 

शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला स्वास्थ्य कार्यालयदेखि गाउँपालिकासम्म मूकदर्शक बनेको भन्दै स्थानीय थप आक्रोशित भएका छन्।

करोड बराबरको टेन्डर आह्वान गरेर सो काम थालिने आयोजनाले जनाएको छ। ‘धेरै समयसम्म काम अघि नबढेका कारण स्थानीयको आक्रोश स्वाभाविक हो, आयोजनाले गरेको प्रतिबद्धता पूरा गरेर छाड्नेछ,’ आयोजना प्रमुख सुनीलकुमार लामाले भने, ‘अध्ययन सकेर बजेट छुट्टयाएपछि त्यहाँ वातावरणमैत्री विद्यालय र स्वास्थ्य चौकीको भवन बनाइनेछ।’ केही दिनमै विद्यालय भवन निर्माणको काम सुरु हुने उनको दाबी छ।

केही समयअघि बाह्रबिसे नगरपालिकाका प्रमुख निफुन्जो शेर्पाको अगुवाइमा जनप्रतिनिधिको टोलीले वाचा पूरा नगरेको भन्दै मध्य भोटेकोसी जलविद्युत् आयोजनामा ताला लगाएका थिए।

विद्यार्थी आन्दोलित 
सम्झौतानुसार विद्यालय भवन नबनाएको भन्दै भोटेकोसी गाउँपालिका मार्मिङ चाकुस्थित धनेश्वरी माध्यमिक विद्यालयका बालबालिका आन्दोलित भएका थिए। विद्यालय भवन आयोजना निर्माणस्थलमा भएकाले कोलाहलका कारण बिरामी परेको समस्या सुनाउँदै उनीहरूले आयोजना निर्माणस्थल र टनेल क्षेत्रमा नाराबाजी गरेका थिए।

बालबालिकासँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर श्रेष्ठको नेतृत्वमा चाकुका बासिन्दाले दबाव दिएका हुन्। स्वास्थ्य चौकी र विद्यालय बनाउन दुई वर्षदेखि दबाब दिइएको भएपनि आयोजनाले कानमा तेल हालेर बसेको आरोप स्थानीयले लगाएका छन्। 

आयोजनाको काम अवरोध हुन दिँदैनौं : प्रमुख जिल्ला अधिकारी
सरकार र स्थानीय जनताको समेत लगानी रहेको आयोजनाको काम रोकिन नहुने तर्फ सरकार सचेत रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए।

‘स्थानीय बासिन्दासँग भएका सहमति पालना हुनुपर्दछ भन्ने पक्षमा हामी पनि रहेका छौ’ उनले भने, ‘तर आयोजनाको काम पनि अवरोध गर्न हुँदैन।’ आयोजना समयमै निर्माण सम्पन्न हुदाँ स्थानीयलाई नै फाइदा हुने भएकाले यसमा सबै पक्ष सहज हुनुपर्ने उनको तर्क छ। स्थानीयको अवरोध भएको कुरा जानकारीमा आएकाले मंगलबार सबै पक्षलाई छलफलमा राखी जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको उनले बताए।

वार्तामा स्थानीयले अवरोध नर्गने र आयोजनासँग पुनः २७ गते बैठक बस्ने निर्णय भएको उनले बताए। आयोजनालाई छिटो भन्दा छिटो विद्यालय र स्वास्थ्य चौकि निर्माणमा लगाउने सहमति भएको प्रजिअ अधिकारीले बताए। 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्