काठमाडौं- सार्वजनिक लेखा समितिका सदस्य विशाल भट्टराईले दुई वटा वाइडबडी विमान खरिदमा विवादित नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले कंसाकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका हुन्। कंसाकारले राजीनामा नदिए मन्त्री रवीन्द्र अधिकारी भए पनि पदबाट हट्नुपर्ने भट्टराईको माग थियो।
आरोपी व्यक्ति नै सरकारी निकायमा रहिरहँदा छानबिन प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।