• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सडक बनाउँदा विभाग र केन्द्रले ध्यान दिनुपर्थ्यो : मुख्यमन्त्री गुरुङ

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  २२:५०
1140x725

पोखरा– ‘पोखराका बाटो बांगाटिंगा छन्। घर अनुसार ठूलासाना छन्,’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘बाटो बनाउँदा सडक विभाग र केन्द्र सरकारले ध्यान दिनुपर्थ्यो।’ 

पोखराका बाटालाई उदाहरण दिँदै उनले बाटोअनुसार घर नभई घरअनुसार बाटो बनाइएकामा पहिल्यै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय विभागले मंगलबार पोखरा महानगरपालिकामा गरेको उद्योग प्रतिष्ठानको वातावरण अनुक्रम सम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री गुरुङले यस्तो भनाइ राखेका हुन्। उनले प्रदेशका धेरै सडकहरु भद्रगोल रहेको तर पनि ती सडक सुधार्न सकिने समय रहेको औंल्याए।

केन्द्रमा २÷४ जना नेता बसेर तयार पारेको कानुन पनि कार्यान्यवनमा नआउँदा झनै ठूलो समस्या आउने गरेको मुख्यमन्त्री गुरुङको आरोप थियो। उनले पोखरा महानगरपालिकालाई यथाशीघ्र सडक पोलका तार हटाउन समेत आदेश दिए। ‘बिजुली र केबल तार खाली गौंथली र कौवा रमाउन सजिलो भएको छ। चाँडै अन्डरग्राउन्ड बनाउनुपर्छ,’ उनले भने।

विकास निर्माणका काम गर्दा वातावरणलाई जसरी पनि आँच आउने भएकाले वातावरण विनाश हुन्छ भनेर पूर्वाधार निर्माणको काम रोक्न नहुने मुख्यमन्त्रीको तर्क थियो। उनले भने, ‘विकास गर्दा विनाश त हुन्छ नै। न्यून वातावरणीय क्षतिमा सन्तुलन कायम गर्नुपर्छ।’ 

Ncell 2
Ncell 2

प्रदेशलाई स्थानीय तहले विरोध गर्ने होइन : मन्त्री लम्साल
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशलाई स्थानीय तहले विरोध नगर्न आग्रह गरेका छन्। स्थानीय तहले काम नगर्ने तर प्रदेशलाई दोष दिने परिपाटी बसेको आरोप उनले लगाए। ‘संघको काम गर्न नै प्रदेशमा आएका हौं। तपाईं हाम्रो विरोध गर्ने होइन। समन्वय गरेर अघि बढ्ने हो,’ उनले भने।

मन्त्री लम्सालले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) प्रदेश मातहतमा ल्याउने तयारी भइरहको जानकारी दिए। ‘माघमा म्याद सकिँदै छ। त्यसपछि नयाँ कार्यसमिति चुनेर प्रदेश मातहतमा ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने। एक्याप समुदायकै लागि स्थापना भएपनि उनीहरुको हित विपरीत काम गरिरहको भन्दै उनले त्यसको विरोधमा उत्रिनसमेत आग्रह गरे।

कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले वातावरण तापक्रमको सबैभन्दा छिटो असर हिमाली भेगमा परेको बताए। तल्लो तटीय क्षेत्रका कारण माथिल्लो क्षेत्रमा असर पु¥याइरहेको बताएका थिए। 

‘तापक्रम परिवर्तनको असर उच्च भेगमा परिरहेको छ। त्यसमा पनि हिमताल बढी जोखिममा छन््,’ अधिकारीले भने, ‘त्यसको अध्ययन गरेर हामी सरसफाइ अभियानमा लागेका छौं । अभियान बैशाखबाटै सुरु हुन्छ।’ उनले पर्वतारारोहणका बेला जहाँ बढी आरोहीको मृत्यु भएको छ, त्यहीं ठाउँबाट सरसफाई सुरु गरिने बताए। 

कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले वातावरणसम्बन्धी गुरुयोजना तयार गर्न प्रदेश सरकारलाई आग्रह गरे। उनले वृक्षरोपणका नाममा गलत भइरहेको समेत आरोप लगाए। 
‘वृक्षरोपण भन्ने जुन पायो त्यही रुख रोप्ने कार्य भइराखेको छ,’ मेयर जिसीले भने, ‘ठाउँ र भूगोलका आधारमा रुखबिरुवा रोप्यो भने मात्रै दीर्घकालीन रुपमा फाइदा पुग्छ।’ उनले महानगरबाट योजनाबद्ध तरिकाले वातावरण संरक्षणका अभियान सञ्चालन हुने समेत जानकारी दिए।

वातावरण संरक्षण गर्न सम्झौता
वातावरण विभागले मंगलबार नै पोखरा महानगरसँग वातावरण संरक्षण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहमति गरेको छ। विभागका महानिर्देशक झलकराम अधिकारी र महानगरतर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार कार्यक्रम सञ्चालन गर्न विभागले ६० प्रतिशत र महानगरले ४० प्रतिशत खर्च गर्नेछन्। हरित सहर निर्माणमा सहकार्य तथा सहयोगका लागि उक्त सम्झौता भएको महानगर अधिकृत पौडेलले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  २२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धनकुटामा ट्रक दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दी अझै बाहिरै, कारागार विभागले सार्वजनिक गर्‍यो सूची
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
धनकुटामा ट्रक दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते सोमबार, असोज २७, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दी अझै बाहिरै, कारागार विभागले सार्वजनिक गर्‍यो सूची सोमबार, असोज २७, २०८२
बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो सोमबार, असोज २७, २०८२
आज देशभर मौसम मुख्यतया सफा रहने सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम आइतबार, असोज २६, २०८२
बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्