• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एनसेल कर विवाद : उपेन्द्र महतोको कम्पनीको मुद्दामा सुनुवाइ सुरु

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  १५:५४
1140x725

काठमाडौं- निजीस्तरको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाभकर विवाद मुद्दा सुनुवाइ स्थगित हुँदै आएका बेला एनसेलको सेयर विवादसम्बन्धी मुद्दाको भने सुनुवाइ सर्वोच्चमा सुरु भएको छ।

सर्वोच्चले अन्तिम सुनुवाइका लागि मंगलबार कर सम्बन्धी आवश्यक फाइल मगाउने आदेश गरेको छ। उक्त फाइल प्राप्त भएपछि कर तिर्ने विवादको अन्तिम सुनुवाइ थालनी हुनेछ। गैर-आवासीय नेपाली संघ(एनआरएन) का पूर्व अध्यक्ष उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालको मुद्दा सुनुवाइ भएको छ।

उक्त मुद्दासँगै सिनर्जीले एनसेलको २० प्रतिशत सेयर बिक्री गरेको कम्पनी सुनिभेरा क्यापिटलको मुद्दा पनि पनि पेसीमा थियो। न्यायाधीश डम्बरबहादुर शाहीले मुद्दा नर्हेने बताएपछि सुनिभेराको मुद्दाको सुनुवाइ भने स्थगित भएको छ। 

एनसेलको मूल मुद्दा 'हेर्दाहेदै'मा भएपनि दुई पटक स्थगित भएको  सेयरवाला दुई कम्पनीको मुद्दा भने सुनुवाइका लागि इजलास तोकिएको थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उक्त मुद्दाका लागि न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शाहीको इजलास तोकेका थिए। 

गैर-आवासीय नेपाली संघ पूर्वअध्यक्ष महतोको सिनर्जी नेपाल अर्का गैर-आवसीय नेपाली निरज गोविन्द श्रेष्ठलाई एनसेलको २० प्रतिशत सेयर बिक्री गरेका थिए। तर बजार मूल्य बढी भएको अवस्थामा कम मूल्य कायम गरी लाभकर छलेको भन्दै ठूला करदाता कार्यालयले महतोलाई ताकेता गरेको थियो। यसपछि उनी सर्वोच्च पुगेका थिए। उक्त मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ सुरु भएको हो। 

लाभकर छल्ने मनसायले महतोको कम्पनी सुरुमा सर्वोच्च पुगेको थियो। २०७४ असोज २ गते सर्वोच्च पुगेको सिनर्जीका नाममा २०६३ जेठ २३ गतेसम्म एनसेलको ८ प्रतिशत सेयर थियो। २०६३ असोज ४ गते भने उसको सेयर स्वामित्व १९ दशमलव ४ प्रतिशत कायम भएको देखिएको छ। यसैगरी, २०६५ साउन  १ गतेसम्ममा सिनर्जीका नाममा एनसेलको सेयर २० प्रतिशत पुगेको थियो। 

सिनर्जीले २०६८ चैत ७ गते सेयर बिक्री गरेको थियो। सिनर्जीले एनसेलको ८ प्रतिशतबाट २० प्रतिशतसम्म सेयर पुर्‍याउँदा पनि लाभकर नतिरेपछि ठुला करदाता कार्यालयले ताकेता गर्दै आएको थियो। ठुला करदाता कार्यालयले गरेको ताकेता र दाबी विरुद्ध सिनर्जी सर्वोच्च पुगेको थियो।

तत्काल कर नर्तिनु भन्ने अन्तरिम आदेश सिनर्जीले प्राप्त गरेपछि श्रेष्ठको सुनिभेरा क्यापिटल भेन्चर असोज २२ गते सर्वोच्च पुगेको थियो।

Ncell 2
Ncell 2

यस्ता छन् दुई मुद्दा
१. उपेन्द्र महतोको कम्पनी सिनर्जीको लाभकर विवाद

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालले एनसेलको लाभकर छलेपछि ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गर्यो।
 
महतोको कम्पनी सिनर्जी नेपालले सेयर खरिद/बिक्रीमा लाभकर छल्ने उद्देश्यले बजारमूल्य कम गरी कर तिरेको खुलासा भएपछि पुनः कर निर्धारण भएको थियो। संशोधित कर नतिर्ने उद्देश्यले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका महतोको पक्षमा पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी भएको थियो।

एनसेल कम्पनीको कर छलीबाट उन्मुक्ति पाउन ट्रायल गरिएको मुद्दामा सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश दिएको थियो।

०६८ चैत ०७ मा महतोले सिनर्जी कम्पनीमार्फत कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले नयाँ कर निर्धारण गरेको थियो। त्यसपछि महतो ०७४ असोज २ मा रिट लिएर सर्वोच्च पुगेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले असोज ४ मा निवेदनको टुंगो नलागेसम्म कर निर्धारण गर्ने कार्य नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको उक्त आदेशपछि सरकारले प्राप्त गर्ने २० अर्ब लाभकर गुमेको छ। आफ्नो नाममा रहेको सेयर निरजगोविन्द श्रेष्ठलाई बिक्री गर्दा सिनर्जीका महतोले लाभकर/आयकर ऐन, ०५८ को दफा १९ बमोजिम स्वयं कर निर्धारण गर्न पाउने अधिकार प्रयोग गरी २ लाख कित्ता सेयर चलखेल गरेका थिए।

कूल १६ हजार ५ सय ८४ रुपैयाँ प्रतिकित्ता बजारमूल्य भएकोमा आफूखुसी मूल्य निर्धारण गरी प्रतिसेयर १ हजार रुपैयाँ मात्र देखाएर बिक्री गरी १५ प्रतिशत लाभकर महतोले तिरेका थिए। 

२. निरजगोविन्द श्रेष्ठ- सुनभेरा क्यापिटलको कर विवाद
सिनर्जीले अन्तरिम आदेश पाएपछि सोही कम्पनीले बिक्री गरेको एनसेलको २० प्रतिशत सेयर खरीद गरेका निरजगोविन्द श्रेष्ठ सर्वोच्च अदालत पुगे।

एनसेलको सेयर बिक्रीमा श्रेष्ठसँग निर्धारण भएको कर असुल नगर्न कात्तिक ५ मा न्यायाधीश ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ठूला करदाता कार्यालय हरिहर भवनको नाममा अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशविरुद्ध श्रेष्ठ सर्वोच्च पुगेका थिए। 

महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जाना जोड्दा श्रेष्ठको दायित्व ६ अर्ब १५ करोड रुपैयाँभन्दा माथि देखिएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज देशभर मौसम मुख्यतया सफा रहने
मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको निर्णय, संसद् पुनः स्थापना र प्रतिगमनविरुद्ध एकजुट हुने
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो सोमबार, असोज २७, २०८२
आज देशभर मौसम मुख्यतया सफा रहने सोमबार, असोज २७, २०८२
मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको निर्णय, संसद् पुनः स्थापना र प्रतिगमनविरुद्ध एकजुट हुने सोमबार, असोज २७, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्