• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल बन्दैछ ‘युरो थ्री’ गाडीको डम्पिङ साइट

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  १२:३०
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय अटो बजारमा अहिले ‘युरो सिक्स’सम्मका सवारी उत्पादन तथा सञ्चालन भइसकेका छन्। भारत तथा तेस्रो मुलुकका अधिकांश सहरमा युरो थ्रीका सवारी प्रयोग तथा उत्पादनमा प्रतिबन्ध लागिसकेको छ। तर, नेपाली केही अटो व्यवसायीले भारतीय बजारमा प्रतिबन्धित सवारी आयात गरी नेपालमा बिक्री गरिरहेका छन्।

केही सवारी उत्पादन कम्पनीका आधिकारिक बिक्रेताको प्रभावमा परेर सरकारले ६ वर्ष पुरानो मापदण्ड परिमार्जन गर्न सकेको छैन। ‘मापदण्ड परिमार्जन नहुँदा नेपाली बजार युरो थ्री गाडीको डम्पिङ साइट जस्तो बनिरहेको छ,’ वन तथा वातावरण मन्त्रालयका एक उच्च अधिकृतले गुनासो गरे, ‘कानुन परिस्कृत नहुँदा व्यापारीहरुले भारतमा नै बिक्न प्रतिबन्ध लगाइएका पुराना गाडी यता बेचिरहेका छन्।’

नेपालमा अहिले सिप्रदी र अशोक लेल्यान्डले युरो थ्रीकै सवारी बिक्री गर्दै आएका छन्। अहिले पनि यातायात व्यवस्था विभागले १३ वर्षअघिको वातावरण मन्त्रालयले तय गरेको सवारी प्रदूषण मापदण्ड अनुसार नै युरो थ्रीको सवारी आयात गर्न दिइरहेको छ।

वन तथा वातावरण मन्त्रालयकै प्रस्तावमा २०६९ सालदेखि यातायात व्यवस्था विभागले युरो थ्रीभन्दा तलका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको थियो। युरो थ्री सवारी आयातमा प्रतिबन्ध नियम लागेको ६ वर्षभन्दा बढी भइसकेको छ।

तर, वातावरण मन्त्रालयकै ढिलासुस्तीका कारण युरो थ्री सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउन सकेको छैन। यही मौका छोप्दै सिप्रदी र अशोक लेल्यान्डले युरो थ्रीकै टिपर, ट्रक तथा बस बिक्री गर्दै आएका छन्। यी कम्पनीका लागि अहिले नेपाल 'स्टक क्लियरेन्स मार्केट'समेत भएको छ।

Ncell 2
Ncell 2

वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय र सहकार्य हुन नसक्दा पनि युरो थ्रीको मापदण्ड परिमार्जन हुन नसकेको हो। मन्त्रालयको छाताभित्र रहेको यातायात व्यवस्था विभाग पनि युरो थ्रीको सवारी आयातमा प्रतिबन्ध लगाउने विषयमा उदासीन छ।

वन तथा वातावरण मन्त्रालयकै प्रस्तावमा २०६९ सालदेखि यातायात व्यवस्था विभागले युरो थ्रीभन्दा तलका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको थियो। युरो थ्री सवारी आयातमा प्रतिबन्ध नियम लागेको ६ वर्षभन्दा बढी भइसकेको छ।

विभागले यो विषय आफ्नो क्षेत्रभित्र नरहेको बताउँदै आएको छ। ‘युरो थ्री मापदण्डका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउने गरी कुनै पनि तयारी भएको छैन’, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘कस्तो सवारी प्रयोगमा ल्याउने र नल्याउने भने विषय वातावरण मन्त्रालयले अधिकारभित्र छ।’

तर, करिब एक वर्षअगाडि नै यातायात व्यवस्था विभागमा तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले युरो थ्री मापदण्डका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने र यसका लागि वातावारण मन्त्रालयसँग सहकार्य हुनुपर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका थिए। तर, निर्वाचन भइसकेको र नयाँ सरकार गठनको चरणमा रहेकाले सरकारले यो विषयमा काम अगाडि बढाउन सकेको थिएन। 

त्यसपछि नयाँ सरकार गठन भएको नौ महिना हुँदा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यस विषयमा वन तथा वातावरण मन्त्रालयसँग कुनै सहकार्य गरेका छैनन्।

वन तथा वातावरण मन्त्रालयले भने युरो फोर सवारी प्रयोगमा ल्याउने गरी तयारी भएको जनाएको छ। तर, कहिलेबाट र कसरी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन। 

सवारी सञ्चालन तथा दर्ताको अधिकार प्रदेश सरकारको क्षेत्रभित्र रहेको हुँदा प्रदेश सरकार मातहतका सरोकारवाला निकायसँग पनि छलफल आवश्यक रहेको मन्त्रालयको भनाइ छ। युरो फोरभन्दा तलका सवारी प्रयोगमा प्रतिबन्ध लगाउँदा पनि यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, अर्थ मन्त्रालय, सवारी बिक्रेता कम्पनीका मालिकसँग पनि छलफल आवश्यक रहने मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्