• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ : नागरिकता सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित, केन्द्र सरकारलाई बढ्याे दबाव

64x64
नेपाल लाइभ सोमबार, मंसिर १७, २०७५  २२:११
1140x725

जनकपुर– प्रदेश २ सरकारले संघीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाव दिने उद्देश्यले सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ। ऐन संशोधन नगरेर संघीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै प्रदेश २ को संसदबाट सार्वजनिक महत्वको प्रस्ताव पास भएको हो।

जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभाबाट पास भएसँगै संघीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्नेछ।

प्रदेशसभाको दोश्रो अधिवेशनअन्तर्गत आज बसेको ४५औं बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले ‘जन्मसिद्ध नागरिकता प्राप्त नागरिकहरुका सन्तानले प्राप्त गर्ने नागरिकता सम्बन्धी जरुरी सार्वजनिक महत्वको सुझाव प्रस्ताव’ पेस गरेका थिए। पेस भएको उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ।

प्रदेश २ सरकारले दबावस्वरुप प्रदेशसभाबाट पास गराएको उक्त प्रस्ताव मंसिरको अन्तिम साता संघीय सरकारलाई बुझाउने बताइएको छ।

मन्त्री यादवले जरुरी महत्वको प्रस्तावले जन्मसिद्ध नागरिकता वितरणमा रहेको जटिलता फुकाउन मद्दत पुग्ने दाबी गरे।

‘संविधानको धारा १० को १ र धारा ११ को १, २ र ३ मा जन्मसिद्ध नागरिकता सम्बन्धी प्रस्ट व्यवस्था गरेको छ,’ मन्त्री यादवले भने, ‘तर संघीय सरकारले नागरिकता ऐन संशोधन नगर्दा यसले समस्या बढाएको छ।’ उनले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तान नागरिकताबाट विहीन हुँदा शिक्षा, रोजगार र सरकारी सेवा–सुविधाबाट वञ्चित रहेको बताए।

प्रदेश २ सरकारले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जन्मसिद्ध नागरिकताको वितरण थाल्न पत्र नै लेखेको थियो। तर, ८ जिल्लाका प्रजिअले सकारात्मक जवाफ नदिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो।

मन्त्री यादवका अनुसार गृह मन्त्रालयबाट पत्रको जवाफ नआएपछि बाध्य भएर प्रदेशसभामा जन्मसिद्ध नागरिकतासम्बन्धी विशेष प्रस्ताव लगेको बताए। उनले भने, ‘जन्मसिद्ध नागरिकता सम्बन्धी पास भएको विशेष प्रस्तावसहित नागरिकता ऐन संशोधनका लागि संघीय सरकारलाई पत्र लेख्दैछौं, मंसिरको २७ वा २८ गते सर्वदलीय डेलिगेसन पनि जाँदैछौं।’

Ncell 2
Ncell 2

मन्त्री यादवले जरुरी प्रस्तावपछि पनि संघीय सरकारले नागरिकता ऐन संशोधन नगरे सर्वोच्च अदालतमा मुद्दा हालिने समेत स्पष्ट पारे।

जन्मसिद्धका आधारमा अहिले नागरिकता वितरण रोकिएको छ। सर्वोच्च अदालतको आदेशपछि मुद्दा हाल्नेलाई मात्रै जन्मसिद्धका आधारमा नागरिकता बाँडिएको छ। अन्यलाई भने बन्देज गरिएको छ।

संसदमा पेस भएको सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै संघीय समाजवादी फोरमका सांसद प्रमोद कुमार यादवले प्रत्येक नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार रहेपनि त्यसको उल्लंघन गरिएको बताए।

नेकपाका सांसद शोभा लामाले नेपालमा जन्मेका हरेक नागरिकले नागरिकता पाउनुपर्ने माग गर्दै त्यसको आडमा अन्य देशका नागरिकले घुसपैठ गरेर नागरिकता लिन नपाउन् भन्ने सन्दर्भमा पनि सचेत हुन आग्रह गरे।

नेकपाका सांसद सुन्दरबाबु विश्वकर्माले नागरिकता राष्ट्रियताको पहिचान भएकोले त्यसलाई दुरुपयोग हुनबाट रोक्न सचेत रहनुपर्नेमा सरकार र सदनलाई ध्यानाकर्षण गराए।

संघीय समाजवादी फोरम नेपालका सांसद रामअशिष यादवले प्रत्येक नागरिकको पहिलो अधिकार नागरिकता प्राप्ति भएपनि ‘राष्ट्रवाद’को नारा धरातलबाट तल खस्केकोले तराई मधेशका हजारौं व्यक्ति नागरिकताबाट वञ्चित रहेको बताए।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद उपेन्द्र महतोले नेपालमा नयाँ युग, नयाँ देश भएपनि न्याय प्रणाली परिवर्तन नभएको गुनासो व्यक्त गरे। ‘नेपालीलाई नेपाली हुनुमै शंका गरिन्छ, यो देशको दुर्भाग्य कस्तो हो?’, उनले प्रश्न गरे।

नेकपाका अर्का सांसद शत्रुधन महतोले नागरिकता वितरण मुलरुपमा तराई मधेशको समस्या भएकाले सधैंका लागि सामाधानका निमित्त पहल गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। सांसद महताले  भने, ‘तराईमा नागरिकताको समस्याले जरो गाडेको छ, तर समस्या समाधानको नाममा पटक–पटक राजनीतिक आन्दोलन गरेर त्यसको नाममा कसैले रोटी नसेकोस्।’

नेकपाकै सांसद मञ्जु कुमारी यादवले अहिले पनि स्थानीय तहहरुमा जनप्रतिनिधिहरुले नै आफ्नो भोटरको आधारमा व्यवहार गर्दै कतिपयलाई नागरिकता दिनबाट वञ्चित गरिरहेको आरोप लगाइन्।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्