• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ : नागरिकता सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित, केन्द्र सरकारलाई बढ्याे दबाव

64x64
नेपाल लाइभ सोमबार, मंसिर १७, २०७५  २२:११
1140x725

जनकपुर– प्रदेश २ सरकारले संघीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाव दिने उद्देश्यले सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ। ऐन संशोधन नगरेर संघीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै प्रदेश २ को संसदबाट सार्वजनिक महत्वको प्रस्ताव पास भएको हो।

जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभाबाट पास भएसँगै संघीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्नेछ।

प्रदेशसभाको दोश्रो अधिवेशनअन्तर्गत आज बसेको ४५औं बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले ‘जन्मसिद्ध नागरिकता प्राप्त नागरिकहरुका सन्तानले प्राप्त गर्ने नागरिकता सम्बन्धी जरुरी सार्वजनिक महत्वको सुझाव प्रस्ताव’ पेस गरेका थिए। पेस भएको उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ।

प्रदेश २ सरकारले दबावस्वरुप प्रदेशसभाबाट पास गराएको उक्त प्रस्ताव मंसिरको अन्तिम साता संघीय सरकारलाई बुझाउने बताइएको छ।

मन्त्री यादवले जरुरी महत्वको प्रस्तावले जन्मसिद्ध नागरिकता वितरणमा रहेको जटिलता फुकाउन मद्दत पुग्ने दाबी गरे।

‘संविधानको धारा १० को १ र धारा ११ को १, २ र ३ मा जन्मसिद्ध नागरिकता सम्बन्धी प्रस्ट व्यवस्था गरेको छ,’ मन्त्री यादवले भने, ‘तर संघीय सरकारले नागरिकता ऐन संशोधन नगर्दा यसले समस्या बढाएको छ।’ उनले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तान नागरिकताबाट विहीन हुँदा शिक्षा, रोजगार र सरकारी सेवा–सुविधाबाट वञ्चित रहेको बताए।

प्रदेश २ सरकारले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जन्मसिद्ध नागरिकताको वितरण थाल्न पत्र नै लेखेको थियो। तर, ८ जिल्लाका प्रजिअले सकारात्मक जवाफ नदिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो।

मन्त्री यादवका अनुसार गृह मन्त्रालयबाट पत्रको जवाफ नआएपछि बाध्य भएर प्रदेशसभामा जन्मसिद्ध नागरिकतासम्बन्धी विशेष प्रस्ताव लगेको बताए। उनले भने, ‘जन्मसिद्ध नागरिकता सम्बन्धी पास भएको विशेष प्रस्तावसहित नागरिकता ऐन संशोधनका लागि संघीय सरकारलाई पत्र लेख्दैछौं, मंसिरको २७ वा २८ गते सर्वदलीय डेलिगेसन पनि जाँदैछौं।’

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री यादवले जरुरी प्रस्तावपछि पनि संघीय सरकारले नागरिकता ऐन संशोधन नगरे सर्वोच्च अदालतमा मुद्दा हालिने समेत स्पष्ट पारे।

जन्मसिद्धका आधारमा अहिले नागरिकता वितरण रोकिएको छ। सर्वोच्च अदालतको आदेशपछि मुद्दा हाल्नेलाई मात्रै जन्मसिद्धका आधारमा नागरिकता बाँडिएको छ। अन्यलाई भने बन्देज गरिएको छ।

संसदमा पेस भएको सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै संघीय समाजवादी फोरमका सांसद प्रमोद कुमार यादवले प्रत्येक नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार रहेपनि त्यसको उल्लंघन गरिएको बताए।

नेकपाका सांसद शोभा लामाले नेपालमा जन्मेका हरेक नागरिकले नागरिकता पाउनुपर्ने माग गर्दै त्यसको आडमा अन्य देशका नागरिकले घुसपैठ गरेर नागरिकता लिन नपाउन् भन्ने सन्दर्भमा पनि सचेत हुन आग्रह गरे।

Xtrem

Xtrem

नेकपाका सांसद सुन्दरबाबु विश्वकर्माले नागरिकता राष्ट्रियताको पहिचान भएकोले त्यसलाई दुरुपयोग हुनबाट रोक्न सचेत रहनुपर्नेमा सरकार र सदनलाई ध्यानाकर्षण गराए।

संघीय समाजवादी फोरम नेपालका सांसद रामअशिष यादवले प्रत्येक नागरिकको पहिलो अधिकार नागरिकता प्राप्ति भएपनि ‘राष्ट्रवाद’को नारा धरातलबाट तल खस्केकोले तराई मधेशका हजारौं व्यक्ति नागरिकताबाट वञ्चित रहेको बताए।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद उपेन्द्र महतोले नेपालमा नयाँ युग, नयाँ देश भएपनि न्याय प्रणाली परिवर्तन नभएको गुनासो व्यक्त गरे। ‘नेपालीलाई नेपाली हुनुमै शंका गरिन्छ, यो देशको दुर्भाग्य कस्तो हो?’, उनले प्रश्न गरे।

नेकपाका अर्का सांसद शत्रुधन महतोले नागरिकता वितरण मुलरुपमा तराई मधेशको समस्या भएकाले सधैंका लागि सामाधानका निमित्त पहल गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। सांसद महताले  भने, ‘तराईमा नागरिकताको समस्याले जरो गाडेको छ, तर समस्या समाधानको नाममा पटक–पटक राजनीतिक आन्दोलन गरेर त्यसको नाममा कसैले रोटी नसेकोस्।’

नेकपाकै सांसद मञ्जु कुमारी यादवले अहिले पनि स्थानीय तहहरुमा जनप्रतिनिधिहरुले नै आफ्नो भोटरको आधारमा व्यवहार गर्दै कतिपयलाई नागरिकता दिनबाट वञ्चित गरिरहेको आरोप लगाइन्।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्