काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ।
विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फ्लाई दुबईको उडानद्वारा नेपाल आएका भारतीय नागरिक राजेश गोविन भाई सगपरियालाई पक्राउ गरेको हो।
भन्सार छली ल्याएको बाला एक थान र सिक्री दुई थानसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।