काठमाडौं– प्रधानन्यायाधीशको सिफारिस गर्नका लागि सोमबार बसेको संवैधानिक परिषदको बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा विभिन्न आयोगहरुको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची थियो। बैठकमा छलफलका लागि १० वटा विषयसूची तय भएका थिए।
बैठकले नयाँ न्यायाधीशको नाम सिफारिस बताइएको थियो। त्यसका लागि न्याय परिषदले केही दिनअघि नै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो।
अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ बाट अवकाश हुँदैछन्। उनको अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
जोशी भने यसअघि सिफारिस भई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।