• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अन्ततः सरकारले सघाउँदै सकियो इसाईवादी सम्मेलन, सत्तारुढ दलभित्रै विवाद

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  १९:४०
1140x725

काठमाडौं- काठमाडौँमा आयोजना भएको एसिया प्यासफिक समिट आज समापन भयो। मंसिर १५ बाट सुरू भएको समिटले नेपालको राजनीतिमा दीर्घकालीन असर पार्ने निश्चित छ। इसाई धर्म प्रचारका लागि विख्यात युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकार सह–आयोजक रहेको थियो। 
 
एउटा आइएनजिओको कार्यक्रममा सरकार सह-आयोजक भएको व्यापक आलोचनापछि सरकार सह–आयोजकको भूमिकाबाट पछि हटे पनि कार्यक्रममा सरकारले देखाएको तदारुकताले भने काजगमा मात्रै सह–आयोजकबाट पछि हटेको प्रष्ट भएको छ।

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ)का अन्तराष्ट्रिय अध्यक्ष थोमस वास्सले शनिबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकार कार्यक्रमको साझेदार भएको स्पष्ट पारेपछि नेपाल सरकार सहयोगीको भूमिकामा मात्रै रहेको दाबी झुट सावित भएको हो।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो पुरानो सभ्यता भएको देशमा यस किसिमको कार्यक्रम आयोजना हुनु गौरवको कुरा भएको बताए। उनले आइतबार यूपीएफका प्रमुख  हक जा हानसँगबाट सम्मान पनि ग्रहण गरे। 

सम्मेलनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै सत्तारुढ दलका नेतासहित सर्वसाधारणको समेत व्यापक आलोचना गरे पनि सरकार सम्मेलन आयोजना गर्न पाउनुमा हर्षित भएको अभिव्यक्ति दिइसकेको छ। 

सम्मेलनका लागि एकनाथ ढकालको राजनीतिक चलखेल 
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिबी निवारणमन्त्री रहेका यूपीएफका नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकालले मन्त्रिपरिषदमा यस्तै सम्मेलन आयोजना गर्न प्रस्ताव लिएर गएका थिए। तर त्यो प्रस्ताव अस्वीकृत भएको थियो। 

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कार्यक्रम आयोजनाको स्वीकृति नदिँएको र प्रधानमन्त्री भट्टराईको पनि असहयोग भएपछि कार्यक्रम स्थगित भएको थियो। तत्कालीन गठबन्धन सरकारले आयोजना गर्न नदिएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार हुँदा स्वीकृत मात्रै भएन भरपुर सहयोग पनि पायो।

एकनाथ ढकाल इसाई धर्मको प्रचार गर्ने मानिसका रुपमा परिचित रहेका छन्। बेलाबेलामा हिन्दू भएको अभिनय गर्न पनि पछि पर्दैनन्। सन् २०१३ मा यूपिएफ नेपाल च्याप्टरका अध्यक्ष भएका उनी केही वर्ष अघिसम्म नेपालका राष्ट्रिय टेलिभिजनहरूमा इसाई धर्मका विषयमा प्रवचन दिने गर्थे। गत वर्ष चितवनमा हिन्दू परम्पराअनुसार आमाको काजक्रिया बसेका उनै ढकालको मूल काम भने धर्म परिर्वतन गराउने रहेको आरोप लाग्ने गरेको छ।

केही समयअघि मात्र तत्कालीन नेकपा (एमाले) बिलिन भएको राष्ट्रिय परिवार दलको अध्यक्ष समेत रहेका उनी दुवै संविधानसभामा समानुपातिक तर्फबाट सभासद रहेका थिए। दुवै पटक मन्त्री पनि बने। अघिल्लो संसदको निर्वाचनअघि पार्टीलाई नेकपा एमालेमा पार्टी विसर्जन गरेका उनी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हुन्। नेकपाको बैसाखी टेकेर ढकालले नेपालमा यो कार्यक्रम गर्न सफल भएको नेकपाका एक केन्द्रीय सदस्य आरोप छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले वास्तवमा सह-आयोजककै काम गर्यो
जनदबाबपछि सहयोगी भूमिकामा मात्र सीमित हुने दाबी गरेको सरकारले वास्तवमा काम चाँहि सहआयोजककै गरेर पुष्टि गर्यो। ‘सरकारले यो कार्यक्रमा सहभागी भएर ठूलो गल्ती गर्‍यो’ नेकपाका एक केन्द्रीय सदस्यले भने, 'सरकारको चौतर्फी आलोचना भएको बेला यस्तो कार्यक्रम आयोजना गर्न दिएर सरकारले भूल गर्‍यो। सरकारले आफ्नो प्राथमिकताको क्षेत्र छुट्याउनै सकेन।’

त्यसै पनि प्रधानमन्त्री ओली पनि विवादरहित व्यक्ति होइनन्। २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला भारतको तीव्र आलोचना गरेर आम नागरिकको सहानुभूति प्राप्त गरेका थिए। तर दोस्रो पटक प्रधानमन्त्रीका रूपमा सत्तारोहण गरेको नौ महिनामा नै उनी विवादको चरम उत्कर्षमा पुगे।

एसिया प्यासफिक समिट आयोजनाका विषयमा नेकपा केन्द्रीय कमिटी भित्रै प्रधानमन्त्री ओलीको आलोचना भएको हो। पार्टीका प्रवक्ता समेत रहेका नाराणकाजी श्रेष्ठले सरकारको कार्यक्रममा सरकोर प्रमुखको संलग्नताका विषयमा कडा आपत्ति जनाएका छन्। परराष्ट्रमन्त्री हुँदा स्थगित गरेका कार्यक्रम केपी ओली सरकारले आयोजना गर्न दिदाँ पनि उनको आलोचना कडा आएको बताइएको छ।

जे बोले, ठीक उल्टो गरे परराष्ट्रमन्त्री ज्ञवालीले
यसअघि फिजीमा आयोजना गर्ने प्रयास भएको प्यासफिक समिट त्यहाँको सरकारको अस्वीकृतिपछि नेपालमा आयोजना भएको हो। यसअघि सरकारका प्रायः सबै मन्त्रालय विवादमा आए पनि तुलनात्मक रुपमा परराष्ट्र मन्त्रालय यो मामिलामा चोखो रहेको थियो। विवादित कार्यक्रम गर्न स्वीकृति दिँदा परराष्ट्र मन्त्रालय र मन्त्री प्रदीप ज्ञवालीको भुमिकामाथि पनि प्रश्न उठेको छ।

Xtrem

Xtrem

परराष्ट्रमन्त्री भएको केही समयपछि नै ज्ञवालीले पत्रकार सम्मेलन नै आयोजना गरेर 'एक बोरा चामलसँगै बाइबल पनि दिने आइएनजिओलाई कारबाहीको दायरामा ल्याउने' बताएका थिए। तर बाइबल नै बाँढ्ने इसाईधर्म प्रचारक आइएनजिओलाई नेपालमा कार्यक्रम आयोजना गर्न दिएर मन्त्री आफैले आफ्नो अभिव्यक्तिको सम्मान गर्न सकेनन्। 

हिन्दूवादी भाजपा पनि इसाईवादी सम्मेलनमा 
कार्यक्रममा भारतीय जनता पार्टीको संलग्नताले आशंका उब्जाएको छ। भारत लोकसभा निर्वाचनको संघारमा छ। आगामी वर्ष अप्रिलमा हुने निर्वाचनलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको भाजपाका नेता विजय जोलीको इसाईधर्मसँग सम्बन्धित कार्यक्रमा सहभागिताले कार्यक्रमप्रति थप संशय उब्जिएको छ। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोलीले यूपीएफ प्रमुख हक जा हनलाई शान्तिका दूत भन्दै उनको सम्मानमा उपस्थित सबैलाई उभिएर सम्मान व्यक्त गर्न भनेका थिए। नेपाल लाइभसँग कुरा गर्दै उनले यो कार्यक्रममा धर्म परिर्वतन जस्ता कुनै कुरा नभएको दाबी गरे।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार डा कुन्दन अर्यालले यस्तो कार्यक्रमले देशको गरिमा बढ्ने बताउँदै कार्यक्रम आयोजनाका विषयमा विवाद गर्नुको कुनै तुक नभएको बताएका छन्। ‘कार्यक्रमले नेपालको कूटनीतिक क्षेत्रको विकास हुन्छ’ उनले भने, ‘सरकार आफूले गरेको काममा पूर्ण सजग छ, विगतमा अरु पार्टीका नेता पनि यस्ता कार्यक्रमा सहभागी भएका छन्, अहिले विवाद गर्नुको कुनै तुक छैन।’

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्