• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अन्ततः सरकारले सघाउँदै सकियो इसाईवादी सम्मेलन, सत्तारुढ दलभित्रै विवाद

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  १९:४०
1140x725

काठमाडौं- काठमाडौँमा आयोजना भएको एसिया प्यासफिक समिट आज समापन भयो। मंसिर १५ बाट सुरू भएको समिटले नेपालको राजनीतिमा दीर्घकालीन असर पार्ने निश्चित छ। इसाई धर्म प्रचारका लागि विख्यात युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकार सह–आयोजक रहेको थियो। 
 
एउटा आइएनजिओको कार्यक्रममा सरकार सह-आयोजक भएको व्यापक आलोचनापछि सरकार सह–आयोजकको भूमिकाबाट पछि हटे पनि कार्यक्रममा सरकारले देखाएको तदारुकताले भने काजगमा मात्रै सह–आयोजकबाट पछि हटेको प्रष्ट भएको छ।

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ)का अन्तराष्ट्रिय अध्यक्ष थोमस वास्सले शनिबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकार कार्यक्रमको साझेदार भएको स्पष्ट पारेपछि नेपाल सरकार सहयोगीको भूमिकामा मात्रै रहेको दाबी झुट सावित भएको हो।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो पुरानो सभ्यता भएको देशमा यस किसिमको कार्यक्रम आयोजना हुनु गौरवको कुरा भएको बताए। उनले आइतबार यूपीएफका प्रमुख  हक जा हानसँगबाट सम्मान पनि ग्रहण गरे। 

सम्मेलनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै सत्तारुढ दलका नेतासहित सर्वसाधारणको समेत व्यापक आलोचना गरे पनि सरकार सम्मेलन आयोजना गर्न पाउनुमा हर्षित भएको अभिव्यक्ति दिइसकेको छ। 

सम्मेलनका लागि एकनाथ ढकालको राजनीतिक चलखेल 
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिबी निवारणमन्त्री रहेका यूपीएफका नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकालले मन्त्रिपरिषदमा यस्तै सम्मेलन आयोजना गर्न प्रस्ताव लिएर गएका थिए। तर त्यो प्रस्ताव अस्वीकृत भएको थियो। 

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कार्यक्रम आयोजनाको स्वीकृति नदिँएको र प्रधानमन्त्री भट्टराईको पनि असहयोग भएपछि कार्यक्रम स्थगित भएको थियो। तत्कालीन गठबन्धन सरकारले आयोजना गर्न नदिएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार हुँदा स्वीकृत मात्रै भएन भरपुर सहयोग पनि पायो।

एकनाथ ढकाल इसाई धर्मको प्रचार गर्ने मानिसका रुपमा परिचित रहेका छन्। बेलाबेलामा हिन्दू भएको अभिनय गर्न पनि पछि पर्दैनन्। सन् २०१३ मा यूपिएफ नेपाल च्याप्टरका अध्यक्ष भएका उनी केही वर्ष अघिसम्म नेपालका राष्ट्रिय टेलिभिजनहरूमा इसाई धर्मका विषयमा प्रवचन दिने गर्थे। गत वर्ष चितवनमा हिन्दू परम्पराअनुसार आमाको काजक्रिया बसेका उनै ढकालको मूल काम भने धर्म परिर्वतन गराउने रहेको आरोप लाग्ने गरेको छ।

केही समयअघि मात्र तत्कालीन नेकपा (एमाले) बिलिन भएको राष्ट्रिय परिवार दलको अध्यक्ष समेत रहेका उनी दुवै संविधानसभामा समानुपातिक तर्फबाट सभासद रहेका थिए। दुवै पटक मन्त्री पनि बने। अघिल्लो संसदको निर्वाचनअघि पार्टीलाई नेकपा एमालेमा पार्टी विसर्जन गरेका उनी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हुन्। नेकपाको बैसाखी टेकेर ढकालले नेपालमा यो कार्यक्रम गर्न सफल भएको नेकपाका एक केन्द्रीय सदस्य आरोप छ।

Ncell 2
Ncell 2

सरकारले वास्तवमा सह-आयोजककै काम गर्यो
जनदबाबपछि सहयोगी भूमिकामा मात्र सीमित हुने दाबी गरेको सरकारले वास्तवमा काम चाँहि सहआयोजककै गरेर पुष्टि गर्यो। ‘सरकारले यो कार्यक्रमा सहभागी भएर ठूलो गल्ती गर्‍यो’ नेकपाका एक केन्द्रीय सदस्यले भने, 'सरकारको चौतर्फी आलोचना भएको बेला यस्तो कार्यक्रम आयोजना गर्न दिएर सरकारले भूल गर्‍यो। सरकारले आफ्नो प्राथमिकताको क्षेत्र छुट्याउनै सकेन।’

त्यसै पनि प्रधानमन्त्री ओली पनि विवादरहित व्यक्ति होइनन्। २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला भारतको तीव्र आलोचना गरेर आम नागरिकको सहानुभूति प्राप्त गरेका थिए। तर दोस्रो पटक प्रधानमन्त्रीका रूपमा सत्तारोहण गरेको नौ महिनामा नै उनी विवादको चरम उत्कर्षमा पुगे।

एसिया प्यासफिक समिट आयोजनाका विषयमा नेकपा केन्द्रीय कमिटी भित्रै प्रधानमन्त्री ओलीको आलोचना भएको हो। पार्टीका प्रवक्ता समेत रहेका नाराणकाजी श्रेष्ठले सरकारको कार्यक्रममा सरकोर प्रमुखको संलग्नताका विषयमा कडा आपत्ति जनाएका छन्। परराष्ट्रमन्त्री हुँदा स्थगित गरेका कार्यक्रम केपी ओली सरकारले आयोजना गर्न दिदाँ पनि उनको आलोचना कडा आएको बताइएको छ।

जे बोले, ठीक उल्टो गरे परराष्ट्रमन्त्री ज्ञवालीले
यसअघि फिजीमा आयोजना गर्ने प्रयास भएको प्यासफिक समिट त्यहाँको सरकारको अस्वीकृतिपछि नेपालमा आयोजना भएको हो। यसअघि सरकारका प्रायः सबै मन्त्रालय विवादमा आए पनि तुलनात्मक रुपमा परराष्ट्र मन्त्रालय यो मामिलामा चोखो रहेको थियो। विवादित कार्यक्रम गर्न स्वीकृति दिँदा परराष्ट्र मन्त्रालय र मन्त्री प्रदीप ज्ञवालीको भुमिकामाथि पनि प्रश्न उठेको छ।

परराष्ट्रमन्त्री भएको केही समयपछि नै ज्ञवालीले पत्रकार सम्मेलन नै आयोजना गरेर 'एक बोरा चामलसँगै बाइबल पनि दिने आइएनजिओलाई कारबाहीको दायरामा ल्याउने' बताएका थिए। तर बाइबल नै बाँढ्ने इसाईधर्म प्रचारक आइएनजिओलाई नेपालमा कार्यक्रम आयोजना गर्न दिएर मन्त्री आफैले आफ्नो अभिव्यक्तिको सम्मान गर्न सकेनन्। 

हिन्दूवादी भाजपा पनि इसाईवादी सम्मेलनमा 
कार्यक्रममा भारतीय जनता पार्टीको संलग्नताले आशंका उब्जाएको छ। भारत लोकसभा निर्वाचनको संघारमा छ। आगामी वर्ष अप्रिलमा हुने निर्वाचनलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको भाजपाका नेता विजय जोलीको इसाईधर्मसँग सम्बन्धित कार्यक्रमा सहभागिताले कार्यक्रमप्रति थप संशय उब्जिएको छ। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोलीले यूपीएफ प्रमुख हक जा हनलाई शान्तिका दूत भन्दै उनको सम्मानमा उपस्थित सबैलाई उभिएर सम्मान व्यक्त गर्न भनेका थिए। नेपाल लाइभसँग कुरा गर्दै उनले यो कार्यक्रममा धर्म परिर्वतन जस्ता कुनै कुरा नभएको दाबी गरे।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार डा कुन्दन अर्यालले यस्तो कार्यक्रमले देशको गरिमा बढ्ने बताउँदै कार्यक्रम आयोजनाका विषयमा विवाद गर्नुको कुनै तुक नभएको बताएका छन्। ‘कार्यक्रमले नेपालको कूटनीतिक क्षेत्रको विकास हुन्छ’ उनले भने, ‘सरकार आफूले गरेको काममा पूर्ण सजग छ, विगतमा अरु पार्टीका नेता पनि यस्ता कार्यक्रमा सहभागी भएका छन्, अहिले विवाद गर्नुको कुनै तुक छैन।’

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्